मोफसलको थाक खेलकुद पुरस्कार राशी दोब्बरले वृद्धि

समाधान संवाददाता २०८० भदौ १६ गते १९:१०

जोमसोम— थाक खेलकुद तथा सांस्कृतिक विकास संघले मुस्ताङको मोफसलको रुपमा संञ्चालन हुँदैआईरहेको बहुप्रतिष्ठित थाक खेलकुद प्रतियोगिताको राशी दोब्बरले वृद्धि गर्ने निर्णय गरेको छ । शनिवार थासाङको कोवाङमा सम्पन्न संघको पदाधिकारी सदस्य,क्षेत्रिय सदस्य र क्लव अध्यक्षहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

Advertisement


संघले अघिल्लो वर्षहरुमा थाक खेलकुद च्याम्पियनलाई प्रदान गरिने पुरस्कार राशीमा दोब्बरले वृद्धि गर्ने निर्णय गरेको संघका अध्यक्ष कृष्णकुमार शेरचनले जानकारी दिए । उनका अनुसार अब हुने थाक खेलकुद प्रतियोगितामा पुरुष भलिबलको च्याम्पियनले नगद एक लाख एक हजारसहित शील्ड,मेडल ,ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपविजेता टोलीले नगद पैसठ्ठी हजार एकसयसहित शील्ड,मेडल ,ट्रफी र प्रमाणपत्र पाउने छन् । यसैगरी तारा खेलको च्याम्पियनले नगद तीसहजार र उपविजेता टोलीले बिस हजारसहित शील्ड,मेडल ,ट्रफी र प्रमाणपत्र पाउने छन् । दुबै ईभेन्टका सर्वोउत्कृष्ठ खेलाडीले नगद तीन÷तीनहजारसहित शील्ड,मेडल ,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

बैशाख १५ गतेदेखि संञ्चालन गर्ने निर्णय गरेको छ । शनिवार थासाङको कोवाङमा सम्पन्न संघको पदाधिकारी सदस्य,क्षेत्रिय सदस्य र क्लव अध्यक्षहरुको संयुक्त बैठकले बर्सेनि असोज महिनामा संञ्चालन हुँदैआईरहेको थाक खेलकुद प्रतियोगितालाई बैशाख महिनामा सार्ने निर्णय गरेको हो ।

Advertisement


थाक खेलकुद तथा सांस्कृतिक विकास संघको श्रावण ६ गते सम्पन्न अधिवेशनपछि थासाङ—२ कोवाङका स्थानीय समाजसेवी कृष्णकुमार शेरचन अध्यक्ष पदमा बहाल छन् ।यसअघि चन्द्रमोहन गौचन संघको अध्यक्षमा थिए । सो अधिवेशनले मार्फाकी कमला लालचनलाई उपाध्यक्षमा निर्वाचित गरेको थियो । पछिल्ला संघका अध्यक्ष शेरचनले संघको पदाधिकारी तथा कार्यसमितिलाई पूर्णता दिएपछि शनिबार संघको विधिवत पहिलो बैठक बसेको हो ।


संघका अध्यक्ष शेरचनको अध्यक्षतामा बसेको बैठकले साविकका खेलकुद प्रतियोगिता र अन्य कार्यक्रमहरुलाई परिमार्जन गरी नयाँ ढंगले थाक खेलकुदलाई अघि बढाउने निर्णय गरेको हो । थाक खेलकुद तथा सांस्कृतिक विकास संघको उक्त बैठकले अन्तर क्लव पुरुष भलिबल प्रतियोगितालाई निरन्तरता दिने निर्णय गरेको छ भने महिला भलिबल प्रतियोगितालाई केही परिमार्जन गरेको जनाईएको छ । संघका अनुसार संघले महिला भलिबलतर्फ मुस्ताङबाट एक टिम मात्र सहभागी गराउने र अन्य टिम भने जिल्ला बाहिरी जिल्लाबाट सहभागी गराई मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिताको रुपमा संञ्चालन गर्ने निर्णय गरेको छ ।

Advertisement

थाक खेलकुल प्रतियोगिताको भलिबल खेलमा सहभागी हुने व्यक्ति मुस्ताङ जिल्लाको नागरिकता भएको हुनुपर्ने त्यस्ता खेलाडी जुनसुके क्लवबाट अनुबन्धित हुनसक्ने छन् । तर ,थाक खेलकुदमा सहभागी नहुँने क्लवको स्थानीय खेलाडीहरु अन्य क्लवमा सहभागी हुन नपाईने प्रावधान तोकिएको अध्यक्ष शेरचनको भनाई छ । यसैगरी सांस्कृतिक कार्यक्रमलाई पनि संघले नयाँ वैज्ञानिक ढंगले ंसंञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष शेरचनको भनाई छ ।संघले आउँदो बैशाखमा आयोजना हुने थाक खेलकुद प्रतियोगिताको सास्कृतिक कार्यक्रममा सहभागी हरेक क्लवहरुले स्थानीय थकाली नृत्य प्रतियोगितासहित ३ वटा नृत्य अनिवार्य प्रस्तुत गर्नुपर्ने निर्णय गरेको छ । थाक खेलकुद तथा र्सास्कृतिक विकास संघले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा उठेको रकम संस्थाको खर्च कटाएर सहभागी सबै क्लवहरुलाई समान रुपमाले बाँडफाँड गर्ने निर्णय गरिएको छ ।

थाक खेलकुद तथा सांस्कृतिक विकास संघको पदाधिकारी पदस्थापन सम्पन्न ः
थाक खेलकुद तथा सांस्कृतिक विकास संघले शनिबार संघको कार्यसमितिलाई पूर्णता प्रदान गरेको छ । यसअघि अध्यक्ष र उपाध्यक्ष मात्र चयन भएको संघको पदाधिकारी सदस्यहरुलाई अध्यक्ष कृष्णकुमार शेरचनले मनोनित गरी पूर्णता प्रदान गरेका हुन् ।
अध्यक्ष शेरचनको अध्यक्षतामा बसेको बैठकले संघको वरिष्ठ उपाध्यक्षमा विनोद तुलाचन,सचिवमा विष्णु थकाली,कोषाध्यक्षमा बिमला तुलाचन,सहसचिवमा ध्रुव परियार,सहकोषाध्यक्षमा तेजेन्द्र गौचन र सदस्यहरुमा सन्तोष गौचन,भीम नेपाली र लक्ष्मी विकलाई संघको पदाधिकारी तथा सदस्यमा चयन गरेको हो । यसैगरी संघले ५ सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ । जसमा जनहित क्लव जोमसोमबाट सुरज मल्ल,मिलिजुली युवाक्लव मार्फाबाट कविन्द्र ज्वाहारचन,निलगिरी युवाक्लव टुकुचेबाट नरप्रसाद थकाली,धौलागिरी युवा क्लव कोवाङबाट मनोज थापा र निर्मल स्पोर्टिङ क्लव लेतेबाट मनोज नेपालीलाई संघको क्षत्रीय समितिमा चयन गरिएको हो ।
संघको पदाधिकारी तथा सदस्य पदस्थापन कार्यक्रममा अध्यक्ष कृष्णकुमार शेरचनले थाक खेलकुल तथा सांस्कृतिक विकास संघले आयोजना गर्ने कार्यक्रमको ११ बुँदै कार्यपत्र पेश गरेका थिए । उक्त कार्यपत्र संघको बैठकले अनुमोदन गरेको छ । संघको नयाँ कार्यसमिति तथा क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष शेरचनले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । उनले मुस्ताङ जिल्लाको ऐतिहाँसिक धरोहरको रुपमा रहेको थाक खेलकुुद प्रतियोगित मुस्ताङको लागि ठुलो सम्पती भएकाले यसको संरक्षण,संम्वद्धन र विकासमा सबैको सामुहिक सहयोग आवश्यक रहेको औल्याए ।

थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लामो ईतिहाँस रहेको थाक खेलकुद प्रतियोगिता यहाँको जिवन्त ईतिहाँस भएकाले यसको निरन्तता आवश्यक रहेको जनाए । उनले खेलकुद र संस्कृति संरक्षण गर्नमा स्थानीय तहको पनि दायित्व भएकाले सबै क्लवहरु विधिवत दर्ता हुनुपर्ने बताए । उनले क्लवहरु दर्ता भएर योजना माग गरे स्थानीय तह सदैव सकारात्मक रुपमा प्रस्तुत भई बजेट तर्जुमा गर्न सकिने उनले बताए ।

२०२७ सालदेखि निरन्तर रुपमा संञ्चालन हुँदैआईरहेको थाक खेलकुद तथा रनिङशिल्ड प्रतियोगिता कोभिड माहामारीको बेला २ वर्ष स्थगित भएको थियो । आधा शताब्दी लामो ईतिहाँस रहेको थाक खेलकुद प्रतियोगिताको ५० औं संस्करण गत असोजमा थासाङको ताक्लुङमा सम्पन्न भएको थियो । निकै गर्भिलो ईतिहाँस रहेको थाक खेलकुद प्रतियोगिता मुस्ताङको एक खेल महात्सवको रुपमा लिने गरिएको छ । थाक खेलकुद तथा सां

स्कृतिक विकास संघ स्थापना गरिएर त्यसबेला छरिएर रहेको खेलकुद प्रतियोगितालाई एकद्धार प्रणालीबाट बृहत खेलकुद प्रतियोगिताको रुपमा संञ्चालन गरिएको थियो ।तर,पछिल्लो समय खेलकुद प्रतियोगितामा क्लवहरुलाई बढी आर्थिक भार पर्ने महशुस गरिएको छ भने अर्कोतर्फ स्थानीय खेलाडीहरु वैदेशिक रोजगारका लागि विदेश पलायन हुने क्रम बढेपछि थाक खेलकुद प्रतियोगितालाई साविक जस्तै निरन्तरता दिन उक्तिकै चुनौती छ ।

तपाईको प्रतिक्रिया