हवाई सेवामा नयाँ मापदण्ड

समाधान संवाददाता २०८० भदौ १७ गते ९:५१

काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को १० औं संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम ३ जहाज अनिवार्य हुनुपर्ने छ ।

Advertisement


क्यान प्रवक्ता जगन्नाथ निरौलाले सबै वायुसेवा कम्पनीले ५व र्षभित्र जहाजको संख्या न्यूनतम पाँचवटा पुर्‍याउनु पर्ने बताए । यसो गर्न नसक्ने कम्पनी मर्जरमा गए पनि मान्य हुने प्राधिकरणको नीति छ । वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक र जिम्मेवार प्राप्त म्यानेजर तथा पोस्ट होल्डरले प्राधिकरण तथा नेपाल सरकारका नीति तथा कार्यविपरीतका क्रियाकलाप सञ्चालन गर्न एवं सो सम्बन्धमा आफ्ना धारणा सार्वजनिकरूपमा व्यक्त गर्न नहुने उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया