गण्डकीका सबै वडामा माओवादीको अभियान

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेशका ७ सय ५९ वटै वडामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरेको छ ।
देशव्यापी ३ महिनाको अभियान कार्यक्रमअन्तर्गत सबै वडामा एकै दिन अभियान थालिएको पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले बताए । अभियानको तयारीका भदौ पहिलो सातादेखि नै नेता, कार्यकर्ता आन्तरिक तयारीमा खटिएका थिए । सबै वडाले कार्ययोजना बनाएको र सोहीअनुसार तीन महिनासम्म प्रत्येक घर घरमा पुग्ने गरी अभियान चल्ने उनले जनाए ।
जनतासँग माओवादी अभियानअन्तर्गत हरेक नेता एउटा वडामा जानुपर्ने निर्णय माओवादीले गरेको छ । सोहीअनुसार प्रदेशका इन्चार्जसमेत रहेका सचिव पौडेलले पोखरा महानगरपालिका २० भलाममा अभियान सुरु गरे । नेता पौडेलले विगतमा भए गरेका गल्तीहरू सच्याउँदै एकताबद्ध भएर पार्टी निर्माणमा लाग्ने स्पष्ट पारे । उनले गण्डकी प्रदेशका पार्टीका सबै सदस्यलाई देश, पार्टी र राष्ट्रियताको पक्षमा उभिदै जनताका दुःख, सुखमा तथा विकास निर्माणका काममा सधैँ साथमा रहन आग्रह गरे ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया