एनप्याब्सन कास्कीमा हेमन्तकै नेतृत्व

पोखरा ।
नेसनल प्याब्सन कास्कीको शुक्रबार भएको आठौं जिल्ला अधिवेशनबाट पुनः हेमन्त अधिकारी अध्यक्ष निर्वाचित भएका छन् । उपाध्यक्षमा मनकाजी गुरुङ, सचिव प्रेमराज अधिकारी र कोषाध्यक्षमा राजु केसी चुनिए ।
सदस्यमा रमेशराज पौडेल, अर्जुनप्रसाद अधिकारी, ज्ञानेन्द्रबहादुर थापा, अर्जुनप्रसाद पाण्डे, राजु कायस्थ, तोलाकान्त न्यौपाने, शिवराज पौडेल, सञ्जय पौडेल र हरिराज अधिकारी निर्वाचित भएका छन् ।
कार्यक्रममा पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले शिक्षामा निजी क्षेत्रले गरेको लगानीलाई अवमूल्यान गर्न नहुने बताए । ‘महत्वपूर्ण ऐन तथा विधयेक आउँदा कुन कुनाबाट छिरेर आउछ, त्यो पत्तै हुँदैन,’ हालै आएको शिक्षा विधयेकको प्रसंग कोट्याउँदै उनले भने, ‘यस्ता खालका ऐन विधयेक आउदा सम्बन्धित सरोकारवालासँग छलफल गरेर ल्याएमात्रै समस्या हल हुन्छ ।’
उनले निजी विद्यालयसँग पोखरा महानगरपालिका सधै सहकार्य गरेर अगाडि बढ्ने बताए । ‘समस्या आएमा एउटै टेबुलमा बसेर छलफल गर्नुपर्दछ, अन्तरविरोधमा गएर शैक्षिक क्षेत्रको विकास गर्न सकिँदैन’ उनले भने । सामुदायिक विद्यालय आफैंमा सवल भएमा निजी विद्यालयका लगानीकर्ताले नयाँ बाटो खोज्ने जनाउँदै उनले निजीलाई गाली गरेरमात्रै शैक्षिक फड्को मार्न नसकिने उल्लेख गरे ।
नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले शिक्षा क्षेत्रलाई नै तहसनहस गरी शिक्षा विधयेक आएकै कारण विरोधमा उत्रिनु परेको जिकिर गरे । ‘करोडौ करोड लगानी गरेको र जवानी पनि यही क्षेत्रमा बिताएर मुलकको शिक्षाको विकासमा हामी लागिपरेका छौं,’ उनले भने, ‘हाम्रो अस्तित्व नै स्वीकार नगरी जुन ढंगले विधयेक आयो यस विषमा हामीले विरोध ग¥यौं, सरकार पछि हट्यो ।’
गण्डकी प्रदेश शिक्षा निर्देशनालयका प्रमुख अम्बिकाप्रसाद आचार्यले सामुदायिक तथा निजी विद्यालयको नियमन र सहजीकरण गर्ने काम नेपाल सरकारको भएको बताए । ‘हामी सबैको पक्षधर नै हो, राम्रो गर्नेलाई फैलाउने र कमजोरी गर्नेलाई औंल्याउने काम गर्दछांै,’ उनले भने, ‘विद्यार्थीका लागि हित गर्ने र टेवा पुग्ने उद्देश्यले नै विद्यालय स्थापना भएका हुन् । फरक चिन्तन, फरक धारणा र फरक चाहानाले हामीले विभेद गर्दैनौं ।’
उनले मुलुकका लागि शिक्षा प्रदान गरेर विदेशिने धनराशि नेपालमा नै टिकाउने र दक्ष जनशक्ति उत्पादन गरी जताततै बिकाउने काम निजी विद्यालयले गरेको उल्लेख गरे । शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले सामुदायिक विद्यालयले पनि अब अंग्रेजी माध्यममा पढाइ सुरु गर्न थालेको बताउँदै नेपालमा अब दुई खाले शिक्षा नहरेको जिकिर गरे ।
नेसनल प्याब्सनका केन्द्रीय सहअध्यक्ष सुभाष न्यौपानले नेपाल सकारका सम्बन्धित निकायले नै शिक्षा विधयेक अध्ययन नगरी ल्याएकै कारण समस्या बल्झिएको बताए । संस्थाका पूर्व केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले निजी क्षेत्रको उपस्थितिलाई नेपाल सरकारले लत्याउने काम गरेको आरोप लगाए ।
अधिवेशनमा नेशनल प्याब्सन कास्की सचिव मनकाजी गुरुङले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रत्नाकुमारी गुरुङले आर्थिक प्रगति प्रतिवेदन र लेखा समिति संयोजक ज्ञानेन्द्रबहादुर थापाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेसनल प्याब्सन गण्डकी प्रदेश अध्यक्ष रामबहादुर मोची, बागलुङ अध्यक्ष नेत्रलाल न्यौपाने, प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, हिसान कास्की अध्यक्ष याम रोका, युनिप्स नेपाल अध्यक्ष शान्ताबहादुर गुरुङ, प्याव्स्यु कास्की अध्यक्ष विजयराज अधिकारी, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष ऋषिराम भण्डारी, नेपाल राष्ट्रिय अभिभावक संघ कास्की अध्यक्ष गोपाल गिरी, द्वितीय उपाध्यक्ष केशवशरण पौडेल र सचिव मनकाजी गुरुङले बोलेका थिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया