पोखरा आदर्श माविमा फुटसल महोत्सव सम्पन्न

समाधान संवाददाता २०८० भदौ १७ गते ११:४८

पोखरा ।
बगरमा रहेको पोखरा आदर्श माध्यमिक विद्यालयले रजत जयन्तीको अवसरमा तेस्रो संस्करणको फुटसल प्रतियोगिता आयोजना गरकेो छ । प्रतियोगिताको छात्रतर्फको उपाधि कक्षा १२ को व्यवस्थापन दिवा समूहले जितेको छ ।

Advertisement


छात्रातर्फको उपाधि कक्षा १२ व्यवस्थापन समूहले जितेको छ भने विज्ञान समूह १२ उपविजेता भएको छ । पोखरा फुटसल एरियामा बिहीबार र शुक्रबार चलेको प्रतियोगितामा विद्यालयका कक्षा ११ र १२ व्यवस्थापन र बिज्ञान समूहका १५ टिम सहभागी भएका थिए ।


विजेता टिमका कप्तान प्रवेश वरामले खेलकुदले विद्यार्थीबीच सम्बन्ध बढाएको बताए । ‘हरेक वर्ष स्कुलले यस्तो कार्यक्रम गर्दा हामीले हाम्रो खेल कौशल देखाउने मौका पाएका छौं । यसले साथीहरुबीच अझ राम्रो सम्बन्ध कायम गर्न सहयोग गरेको छ,’ उनले भने ।

Advertisement


१ सय २० जना विद्यार्थी सहभागी भएको यस खेल महोत्सवमा २५ खेल भएको सहप्रधानाध्यापक ज्ञानेश्वर सुवेदीले जानकारी दिए । विद्यार्थीहरुले अनुशासित भएर आफ्नो कला र सीप देखाएको फुटसल संयोजक राजकुमार सिंहले सुनाए ।


राजकुमार सिह, कुमार तामाङ र प्रबिन ढकालले रेफ्रीको भूमिकामा रहेका थिए भने राजन पौडेल, शेषमणि गौतमले खेलको व्यवस्थापन गरेका थिए । रजत जयन्तीको अवसरमा विद्यालयले भाद्र २८ गते कुशे औंशीको अवसरमा जिल्ला स्तरीय कविता वाचन प्रतियोगिता आयोजना गरेको छ । सोही अवसरमा विजेता खेलाडीलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख नारायण न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया