मोतीरामको चर्चा र प्रशिक्षण

समाधान संवाददाता २०८० भदौ १७ गते ११:५०

पोखरा ।
हेमजा साहित्य प्रतिष्ठान नेपालले १ सय ५८ औं मोतीजयन्तीको पूर्व सन्ध्यामा मोतीराम भट्टको व्यक्तित्व र कृतित्वको चर्चासहित गजल प्रशिक्षण आयोजना गरेको छ । पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले मोतीरामले नेपाली भाषा साहित्यमा दिएको योगदानको तुलना नै हुन नसक्ने बताए ।

Advertisement


प्रतिष्ठानको रजत जयन्तीको सन्दर्भमा मोती जयन्ती सन्दर्भमा सहकार्य गर्न पाउनु प्रतिष्ठानका लागि एउटा गौरवको विषय भएको उनले सुनाए । ढकालले प्रतिष्ठानको कानुनमा महानगरको प्रमुख कार्यकारी अधिकृत सदस्य–सचिव रहने व्यवस्थाले प्रतिष्ठानका गतिविधि सञ्चालनमा सदस्य–सचिव महानगरकै काममा व्यस्त रहनुपर्दा स्वतस्फूर्त कार्य सम्पादनमा असहजता भएको सुनाए ।


गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले हेमजा साहित्य प्रतिष्ठान यस क्षेत्रको एउटा गौरवका रूपमा अगाडि बढेको दाबी गरे । ।मोतीरामको व्यक्तित्व र कृतित्वबारे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास गण्डकी समिति महासचिव असफल गौतमले प्रकाश पारे । उनले मोतीरामले कोरेको भानुभक्त आचार्यको मुहारचित्र र नेपाली भाषामा पहिलो नेपाली गजल रेकर्ड गराउने गीतकार व्यक्तित्वलाई ओझेलमा पार्न नहुनेमा जोड दिए ।

Advertisement


प्रशिक्षक अनुराग अधिकारीले सिकाइ कहिल्यै पनि पूरा नहुने भएकाले सिकाई जीवनमा लागू गर्न साधनाको सधैँ खाँचो रहने बताए । कार्यक्रममा कार्यक्रम संयोजक सुनील गायक, प्रतिष्ठानका सचिव परशुराम अधिकारी, सहभागीमध्ये सरिता थापा र मिजास विकले बोलेका थिए ।


संस्थाका अध्यक्ष बलराम पौडेलले २३ गते आयोजना हुने गजल प्रतियोगितालाई सफल पार्न आग्रह गरे । ४५ विद्यार्थी तथा गजल अनुरागी प्रशिक्षणमा सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया