पोखरा विमानस्थलको ऋण अनुदानमा बदल्न आग्रह

पोखरा ।
पोखराका विभिन्न क्षेत्रका व्यक्तित्वले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण अनुदान बदल्न पहल गर्न प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ आग्रह गरेका छन् । २०२३ जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलबाट अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पोखरा एयरपोर्टको २ हजार ५ सय मिटरको धावनमार्ग ३ हजार मिटर पहल लिन पनि पोखरेलीको माग छ ।
पोखराका विभिन्न व्यावसायिक तथा सामाजिक संघ, संस्थाको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले ज्ञापनपत्र हस्तान्तरण गरे । असोज ४ गतेदेखि हुने प्रधानमन्त्री दाहालकोको चीन भ्रमणमा यो एजेन्डा समावेश गर्न उनीहरुको माग छ ।
पोखरेलीले चीनका गन्तव्य राष्ट्र’मा नेपाललाई सूचीकृत गर्न, कोरोला रं रुइला नाका खोल्न पहल गर्नसमेत आग्रह गरेका छन् । संघ अध्यक्ष प्रजापतीले पोखरा चक्रपथको लागि सहयोग जुटाउन तथा पोखरा–मुग्लिन सडक निर्माणमा चिनियाँ ठेकेदार कम्पनीलाई काममा तदारुकता दिन पहल गर्नसमेत माग गरिएको जानकारी दिए ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले सबैजसो विषय आफ्नो भ्रमणको एजेन्डामा परेको जनाए । ‘कोरोलामा संरचना बनाउने र खोल्ने एजेन्डा छ, रुइला नाका पनि खोलिन्छ । पोखरा र लुम्बिनी विमानस्थलमा नियमित उडान त पहिलो प्राथमिकता नै भयो,’ उनले भने ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चेन्दु–पोखरा र पोखरा–कुनमिङ हुँदै हङकङ उडानका लागि पहल गर्न माग गरिएको छ । उनीहरुले.पोखरालाई केन्द्र बनाएर ७८ किलोमिटर चक्रपथ निर्माणलाई अघि बढाउनसमेत माग गरेका छन् ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया