सहिदपार्कमा अक्षरयात्री
पोखरा ।
अक्षरयात्राको २ सय २ औँ शृंखला पोखराको सहिदचोकस्थित पार्कमा शनिबार भएको छ । गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरको संयुक्त आयोजनामा हरेक महिनाको तेस्रो शनिबार यो यात्रा आयोजना हुँदै आएको छ ।
‘जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने नाराका साथ विभिन्न स्थानमा पुुगेर सो स्थान एवं परिवेशलाई साहित्यकारले आ–आफ्ना रचनामा उतार्ने गरेका छन् । यो शृंखलामा अधिकांश सहित्यकारले सहिदको बलिदान एवं समसामयिक परिवेशलाई सिर्जना उतारेका थिए ।
कार्यक्रममा लक्ष्मण थापा, सुरज उपाध्याय, सञ्जीव पौडेल, प्राञ्जल, लाल कार्की ‘अञ्जान’, श्रीराम अधिकारी ‘गोर्जे’, रामजीप्रसाद आचार्य, माधव खतिवडा, विष्णु सुवेदी, लक्ष्मी देवकोटा, ढाकामोहन बराल, भावना रानाभाट, संकेत आचार्य लगायतले रचनावाचन गरे । गजल सन्ध्याका उपाध्यक्ष सुरज उपाध्यायको अध्यक्षतामा कार्यक्रम भएको हो ।






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया