
जोमसोम ।
थाक खेलकुद तथा सांस्कृतिक विकास संघले मुस्ताङको गर्ने बहुप्रतिष्ठित थाक खेलकुद प्रतियोगिता आगामी वशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ । शनिबार थासाङको कावाङमा भएको संघको पदाधिकारी, क्षेत्रीय सदस्य र क्लब अध्यक्षहरुको संयुक्त बैठकले बर्सेनि असोज गरिने प्रतियोगिता वैशाखमा सार्ने निर्णय गरेको हो ।
संघको साउन ६ गते भएको अधिवेशनपछि थासाङ २ कोवाङका कृष्णकुमार शेरचन अध्यक्ष चुनिएपछि पहिलो बैठक बसेको हो । बैठकले साबिकका खेलकुद प्रतियोगिता र अन्य कार्यक्रमलाई परिमार्जन गरी नयाँ ढंगले थाक खेलकुदलाई अघि बढाउने निर्णय गरेको छ । अन्तर क्लब पुरुष भलिबल प्रतियोगितालाई निरन्तरता दिने र महिला भलिबल प्रतियोगितालाई परिमार्जन गरिने भएको छ ।
संघले पुरस्कार राशि दोब्बर बनाएको अध्यक्ष कृष्णकुमार शेरचनले जानकारी दिए । अब हुने थाक खेलकुद प्रतियोगितामा पुरुष भलिबल च्याम्पियनले नगद १ लाख १ हजारसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपविजेता टोलीले नगद ६५ हजार १ सयसहित सिल्ड, मेडल ,ट्रफी र प्रमाणपत्र पाउने छ ।
तारा खेलको च्याम्पियनले ३० हजार र उपविजेताले २० हजारसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । दुबै ईभेन्टका सर्वोत्कृष्ट खेलाडीले जनही नगद ३ हजारसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
तर, प्रतियोगितामा सहभागी नहुने क्लबका स्थानीय खेलाडी अन्य क्लबमा सहभागी हुन पाउने छैनन् । संघले वैशाखमा आयोजना हुने थाक खेलकुदमा हरेक क्लबलाई स्थानीय थकाली नृत्य प्रतियोगितासहित ३ नृत्य प्रस्तुत गर्न अनिवार्य बनाएको छ ।
संघले शनिबार कार्यसमितिलाई पूर्णता दिएको छ । यसअघि अध्यक्ष र उपाध्यक्षमात्र चयन भएकोमा वरिष्ठ उपाध्यक्षमा विनोद तुलाचन, सचिव विष्णु थकाली, कोषाध्यक्ष बिमला तुलाचन, सहसचिव ध्रुव परियार र सहकोषाध्यक्षमा तेजेन्द्र गौचन छानिएका छन् । सदस्यमा सन्तोष गौचन, भीम नेपाली र लक्ष्मी विक मनोनित भएका छन् ।
संघले ५ सदस्यीय क्षेत्रीय समितिसमेत गठन गरेको छ । जसमा जनहित क्लब जोमसोमबाट सुरज मल्ल, मिलिजुली युवा क्लब मार्फाबाट कविन्द्र ज्वाहारचन, नीलगिरी युवा क्लब टुकुचेबाट नरप्रसाद थकाली, धौलागिरी युवा क्लब कोवाङबाट मनोज थापा र निर्मल स्पोर्टिङ क्लब लेतेबाट मनोज नेपाली छन् ।
अध्यक्ष शेरचनले मुस्ताङको ऐतिहासिक धरोहरको रुपमा रहेको थाक खेलकुुदको संरक्षण, सम्वद्र्धन र विकासमा सामूहिक प्रयास जरुरी हुने औंल्याए । थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले खेलकुद र संस्कृति संरक्षण गर्नु स्थानीय तहको पनि दायित्व भएकाले त्यसतर्फ कदम चाल्ने वाचा गरे । प्रतियोगिताको ५० औं संस्करण गत असोजमा थासाङको ताक्लुङमा भएको थियो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया