पोखरा ३३ लामगादीमा तयाः मचा नृत्य प्रतियोगिता हुने

समाधान संवाददाता २०८० भदौ १८ गते १३:४५

लेखनाथ ।
लेखनाथ नेवाः खलः को आव्ह्वान तथा भीमसेन नेवा खल पोखरा–३३ आपुभञ्ज्यांग लामगादीको आयोजनामा गाईजात्रा महोत्सव एवम् छैटौं लेखनाथ स्तरीय तायामचा नृत्य प्रतियोगिता हुने भएको छ ।

Advertisement


विभिन्न जातजातीको मौलिक संस्कृति नेपाल र नेपालीका लागि सम्पति भएको बताउँदै भीमसेन नेवा खल पोखरा–३३ आपुभञ्ज्यांग लामगादीका अध्यक्ष लीलबहादुर श्रेष्ठले आइतवार आयोजना गरिएको पत्रकार सम्मेलनमा विभिन्न चाडवाड र धर्म सस्कृतिहरु अन्य मुलकका लागि उदाहरणीय र नेपालीका लागि एकताको प्रतीक भएको बताए ।


पत्रकार सम्मेलनमा लेखनाथ नेवा खलका अध्यक्ष भैरवलाल श्रेष्ठले हामीहरु मिलेर नै हाम्रो सँस्कतिको रक्षा गर्ने हो भन्दै हाम्रो नेपाली सँस्कृति जातीय आधारमा फरक भए पनि सारमा भने एउटै भएको उल्लेख गरे ।


यही भाद्र २० गते कृष्णजन्माष्टमीका दिन प्रतियोेगिता आयोजना गरिएको जानकारी दिइएको हो । तायमचा नृत्य प्रतियोगितालाई निरन्तरता दिनुका साथै संस्कृति प्रतिको आर्कषण जगाउने, स्थानीय श्रोत साधन, उद्योग व्यवसाय, कला र सिपको प्रवद्र्धनमा योगदान पुर्याउने उदेश्यका साथ लाखे नाच,कुमारी नृत्य,धान रोपाई र धिमे बाजाको समेत प्रस्तुती रहने भएको छ ।


प्रतियोगिता सञ्चालनका लागि करिव नौ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगीतामा आठ समुहले भाग लिने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई तीस हजार, द्धितियलाई २५ हजार, तृतियलाई २० हजार र सान्त्वना हुनेलाई आठ हजार सार्थै उत्कृष्ठ परि र जोकरलाई दुई/दुई हजार प्रदान गरिने छ ।

Advertisement

तपाईको प्रतिक्रिया