भगवतीटार आमा समूहको सभा

पोखरा ।
पोखरा १५ मजुवामा रहेको भगवतीटार आमा समूहको ५ औं साधारण सभा तथा सम्मान कार्यक्रम शुक्रबार भएको छ । कार्यक्रममा पोखरा १५ का अध्यक्ष तोरण बाँनियाले खरबारी क्षेत्रको विकासका योजनावद्ध काम गरेको जनाए ।
सो अवसरमा प्रेमबहादुर गुरुङ, आसबहादुर गुरुङ, कुमारी गुरुङ, अमृत गुरुङ, कृष्ण गुरुङ तथा विद्यार्थीहरु पद्मा थापा, अक्सर गुरुङ र मुकेश गुरुङ, सुशीला गुरुङ, मोहन गुरुङ र रोमबहादुर गुरुङलाई सम्मान गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय भूमी आयोग कास्की प्रवक्ता आसबहादुर गुरुङ, महिला अधिकारका लागि राष्ट्रिय अभियान केन्द्रीय उपाध्यक्ष दिलमाया गुरुङ, कास्की जिल्ला सामुदायिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपकबहादुर थापा, राष्ट्रिय भूमी अधिकार मञ्च कास्की अध्यक्ष प्रेमबहादुर गुरुङ, भूमी सम्बन्धि सरोकार संघर्ष समिति कास्की अध्यक्ष रमेश बालकोटी, आमा समूहकी सचिव कुमारी गुरुङ लगायतले बोलेका थिए ।
समूहकी अध्यक्ष शशि गुरुङको अध्यक्षतामा भएको सभामा सहसचिव सीता रानाभाटको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुस्मिता गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया