
जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीको बाढी प्रभावित क्षेत्रका लागि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले राहत सहयोग जुटाएको छ । गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ र उपाध्यक्ष छिमी बिष्टको पहलमा लोमान्थाङ गाउँपालिकाले ६ लाख ९२ हजार सहयोग जुटाएको हो ।
एक स्थानीय तहको विपद्को घडीमा अर्को स्थानीय तहले मानवीय सहयोग गर्नु दायित्व रहेको उल्लेख गर्दै लोमान्थाङले पालिकाको ५ वटै वडामा कागबेनी बाढी प्रभावित क्षेत्रको विपद् व्यवस्थापन गर्न अभियान चलाएका थियो । लोमान्थाङले पालिकाको वडा १ मा १ लाख २१ हजार,व डा २ मा १ लाख ४ हजार, वडा ३ मा ८६ हजार ५ सय, ४ मा ७६ हजार ५ सय र ५ मा ३ लाख २ह जार ७ सय संकलन गरेको छ ।
लोमान्थाङले संकलन गरेको आर्थिक सहयोग बाढी प्रभावित वारागुङ मुक्तिक्षेत्रको स्थानीय तह प्रकोप व्यवस्थापन कोष खातामा जम्मा गर्न पालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङलाई हस्तान्तरण गरिएको लोमान्थाङका अध्यक्ष टसी नर्बु गुरुङले जानकारी दिए । वारागुङ मुक्तिक्षेत्रले छिमेकी स्थानीय तहले गरेको आर्थिक सहयोग प्रति आभार प्रकट गरेको छ ।
लोमान्थाङले कागबेनी बाढी प्रभावित क्षेत्रको उद्धार तथा नदी नियन्त्रण लगायतका काम गर्न पालिकाको स्वामित्वमा रहेको डोजर निशुल्क उपलब्ध गराएको अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । त्यो डोजर ६ महिनाअघि मित्र राष्ट्र चीनले लोमान्थाङलाई सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया