सिबिआरएसको सभा
पोखरा ।
समुदायमा आधारित पुनस्र्थापना सेवा (सिबिआरएस)नेपालको ३० औं वार्षिक साधारण सभा बुधबार भएको छ । सभासँगै संस्थाको लेखाजोखा तथा सामाजिक परीक्षणसमेत गरिएको अध्यक्ष चेतबहादुर गुरुङले बताए ।
साधारण सभाले महासचिव पुरन कुँवरले पेश गरेको आर्थिक वर्ष २०७९/२०८० को वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष आशाकुमारी गौतमले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुधारसहित पारित भएका छन् । सभाले आर्थिक वर्ष २०८०/०८१ को अनुमानित बजेट तथा कार्यक्रमलाई समेत अनुमोदन गरेको संस्थाका कार्यक्रम व्यवस्थापक कृष्ण लामिछानेले बताए ।
पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले वडामा रहेका ६ सय ५० अपांगता भएका व्यक्तिका लागि पोषण कार्यक्रम चलाउने योजना सुनाए । राज्यले दिन नसकेको सेवा, सुविधा सामाजिक संघ, संस्थाले दिएको उल्लेख गर्दै उनले सामाजिक संघ, संस्थाले नझक्झकाएसम्म महानगर नबन्ने तर्क गरे ।
‘सामाजिक संघ, संस्था विकासका साझेदार भएकोले स्थानीय सरकारले समन्वय र सहकार्यमा जोड दिन्छ,’ अध्यक्ष मर्सानीले भने, ‘स्थानीय सरकार र संघ संस्था एक्ला एक्लै हिड्ने होइन । सामूहिक र संस्थागत ढंगले काम गरौं ।’ उनले वडामा सामाजिक संघ संस्थाको कार्यक्रम सहज ढंगले सञ्चालन हुने बताए ।
कार्यक्रममा पोखरा १० का वडा सदस्य परमेश्वर कार्की, पोखरा ९ का पूर्व अध्यक्ष रामराज लामिछाने, पोखरा महानगर स्तरीय अपांगता सञ्जालको संयोजक गंगाबहादुर खडका, पुतलीबजार नगरपालिका वडा नम्बर २ को अपांगता सञ्जालका अध्यक्ष शालिकराम कँुवर, संस्थाका सल्लाहकार विनोद कोइराला, सचिव झलकबहादुर राना, कार्यसमितिका सदस्य सरला दास लगायतले सरकारले निर्धारण गरेका लक्ष्य तथा कार्यक्रम एवं दिगो विकास लक्ष्यसँग अपांगता भएको व्यक्तिको क्षेत्रमा भएको कार्यक्रमलाई जोड्नुपर्ने बताए ।
समारोहमा अपांगता भएका व्यक्तिहरु कुश्मी गुरुङलाई कृत्रिम हात, अञ्जु बराललाई चर्पी कुर्ची, नानुमाया थापालाई गुड्ने कुर्ची र प्रेमबहादुर शाहीलाई बंगुरपालनका लागि नगद १० हजार प्रदान गरिएको छ ।









वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया