आर्चरी खेलाडी उत्साहित

कृष्ण दवाडी २०८० भदौ २२ गते ११:३७
cfr{/Lsf] l/se{ ljwf v]nf8L sf:sL, @) ebf} M cfufdL c;f]h ^ b]lv @# ut];Dd rLgsf] xfªemfjdf x'g] !( cf}F Pl;ofnL v]ns'b -Pl;of8_df g]kfnaf6 cfr{/Ldf k|lt:kwf{ ug]{ v]nf8L tyf k|lzIfsx? kf]v/f /ªuzfnfdf . g]kfnaf6 cfr{/Lsf] l/se{ ljwfdf ltns k'gdu/ / d~h' ahufO{+ tyf sDkfpG8df of]u]Gb| z]/rg / Odfloªu /fO{n] k|lt:kwf{ ug'{x'g]5 . k|lzIfsdf j;Gt ysfnL x'g'x'G5 . tl:a/ M s[i0f bjf8L÷/f;;

कास्की ।
विभागीय टोली नेपाल प्रहरीमा आबद्ध पोखराका तिलक पुनमगर हरेक दिन सबेरै पोखरा रंगशालाभित्रको आर्चरी मैदानमा आईपुग्छन् । हातमा ‘एरो’ बाण र ‘बो’ धनुष बोकेर त्यसपछि उनी ‘टार्गेट’मा केन्द्रित हुन्छन् । त्यहाँ तिलकलगायत ४ खेलाडी साउन पहिलो सातादेखि आर्चरीको बन्द प्रशिक्षणमा छन् ।

Advertisement


आगामी असोज ६ गतेदेखि मित्रराष्ट्र चीनको हाङझावमा १९ औँ संस्करणको एशियाली खेलकुद(एसियाड) नजिकिँदै जाँदा मगरमा उत्साह सँगसँगै मनमा डर छ । इन्डोनेसियामा ४ वर्षअघि १८ औँ संस्करणमा उनी एसियाली खेलकुदमा पहिलो पटक सहभागी बनेका थिए । पहिलो सहभागितामा प्रदर्शन राम्रै भएकाले मगर यस पटक थप मेहनत गर्दै रेकर्ड सुधार्ने लक्ष्यमा छन् उनी ।
अभ्यास गर्दा राष्ट्रिय रेकर्ड ६५ मिटर आसपास हानेकाले यस पटक पहिलाको रेडर्क ब्रेक गर्ने उनको सपना छ । ‘इन्डोनेसियामा पहिलो सहभागिता भएकाले खेल्दा ‘कन्फिडेन्स’ थिएन, तर राम्रो स्कोर हानेको थिए, अहिले राम्रो तयारी गरेको छु, बिग्रन्छ कि भन्ने मनमा डर भए पनि नियमित अभ्यास र अनुभवले राम्रो गर्छु भन्ने लागेको छ’, पुनले भने । यस पटक बन्द प्रशिक्षणबाहेक पनि वर्षभरि नै अभ्यास गरेकाले आफ्नो प्रदर्शन राम्रो हुने उनको आशा छ ।


नेपालले एसियाली खेलकुदमा आर्चरीमा १६ औँ संस्करणदेखि सहभागिता जनाउँदै आएको छ । यसअघि ३ पटकको सहभागिता केबल भाग लिनुमा मात्रै सीमित थियो । । नेपालले पदक जित्न सकेको छैन, तर खेलाडीमा पदकको आस भने कायमै छ । पहिलो सहभागितामा नेपालले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसयता समूह चरणबाट माथि बढ्न सकेको छैन ।

Advertisement


एसियाडमा आर्चरीको ‘रिकर्भ’ र ‘कम्पाउन्ड’ विधामा नेपालले प्रतिस्पर्धा गर्नेछ । रिकर्भमा तिलकसहित मञ्जु बजगाईं र कम्पाउन्डमा योगेन्द्र शेरचन तथा इमायिंग राई छन् । कम्पाउण्ड विधामा प्रतिस्पर्धाको तयारी गरिरहेका शेरचन यस पटक सेमिफाइनलसम्म पुग्ने लक्ष्य सुनाउँछन् । बन्द प्रशिक्षण राम्रो भए पनि पर्याप्त खेल सामग्री प्राप्त नहुँदा भने उनी चिन्तित छन् ।


शेरचनले आफ्नै लगानीमा खेल सामग्री जुटाएर अभ्यास गरेको सुनाए । ‘राखेपले पर्याप्त उपकरण दिएको छैन, एरोको सबै सेट मागेको थियौँ, तर एरोमात्र दिएको छ, आफैँले २ लाख ५० हजार खर्च गरेर बो किनेर अहिले अभ्यास गरिरहेको छु, गत साउन १ गतेदेखि बन्द प्रशिक्षण सुरु भएसँगै उपकरण दिएको भए हामीहरुको प्रदर्शन निखारिएर आउने थियो,’ उनले भने ।


एसियाडमा शेरचनको यो पहिलो सहभागिता हो । आर्चरीको ओलम्पिकमै सहभागिता जनाउन लागेको जस्तो लागेको उनी बताउनुहुन्छ । ‘ओलम्पिकमा एसियाली देशहरु नै सेमिफाइनल पुग्ने गरेकाले एसियन खेलकुद पनि ओलम्पिक जस्तै लागेको छ,’ खेलाडी शेरचनले सुनाए । आर्चरीको प्रदर्शन राम्रो गर्नका लागि विदेशी प्रशिक्षकको खाँचो भएको खेलाडीको भनाइ छ ।

पोखरा रंगशालामा सञ्चालन भइरहेको बन्द प्रशिक्षणमा वसन्त थकालीले प्रशिक्षण दिँदै छन् । उनलाई नेपाल आर्चरी सङ्घका केन्द्री अध्यक्ष दीपक गुरुङलेसमेत साथ दिँदै छन् । प्रशिक्षक थकालीले बन्द प्रशिक्षणमा खेलाडीको स्तर छनोट चरणभन्दा राम्रो भएको प्रतिक्रिया दिउ । खेलाडीको ‘फिजिकल फिटनेस’सँगै प्रयोगात्मक र सैद्धान्तिक पक्षलाई जोड दिएर बन्द प्रशिक्षण सञ्चालन भइरहेको उनको भनाइ छ ।


नेपाली टोलीले काठमाडौँमा १ महिना अभ्यास गरेपछि साउन १ देखि पोखरामा बन्द प्रशिक्षण सञ्चालन गरिरहेको छ । ‘बर्खामा मौसमले चुनौती दिए पनि भिजेरै अभ्यास गरिरहेका छौँ, तालिकाभन्दा पनि बढी अभ्यास गरिहरेका छौँ, खेलाडीको छनोटमा भन्दा बढी स्कोर आएको छ, प्रगति भएको छ, सकेसम्म केही न केही पदक ल्याउँछौँ भन्ने लागेको छ’, प्रशिक्षक थकाली आशावादी सुनिए ।


एसियाडका लागि आर्चरीको छनोटमा सुरुआतमा नवौँमा सहभागी २० खेलाडीमध्येबाट १६ जना छनोट गरिएको थियो । त्यसपछि तीन पटक छनोट गरी ४ जनामा झारिएको बताइन्छ । एसियाली खेलकुद(एसियाड) को १९औँ संस्करण हरेक ४ वर्षमा हुने यस प्रतियोगितामा एसिया महादेशका राष्ट्रहरुले प्रतिस्पर्धा गर्दछन् । नेपालले पनि प्रतियोगिताका विभिन्न २९ खेलमा सहभागिता जनाउँदै छ ।

रासस

तपाईको प्रतिक्रिया