देवीरमणको योगदान पुस्तकमा

पोखरा ।
शिक्षासेवी देवीरमण शर्माको स्मरणमा प्रकाशित देवीरमण शर्मा शास्त्री स्मृतिग्रन्थको बिहीबार लोकापर्ण गरियो । देवीरमण कृष्णकुमारी स्मृति प्रतिष्ठान कास्कीले कार्यक्रम आयोजना गरी देवीरमणको १०८ औं जन्म जयन्तीको अवसरमा स्मृतिग्रन्थ लोकपर्ण गरिएको हो ।
कार्यक्रममा संस्कृतिविद् प्राडा जगमान गुरुङले उक्त स्मृति ग्रन्थको विमोचन गरे । गुरुङले शैक्षिक क्षेत्रमा एउटा उदाहरणीय पात्रको रुपमा देवीरमण गुरुलाई चिनेको बताए ।
‘म १४ वर्षको हुँदा गाउँबाट पोखरा पढ्न आएको थिएँ, त्यति वेला दुब्लो पातलो पाइजामा र कपडाको जुत्ता लगाएको अवस्थामा देविरवण गुरुसँग भेट भएको थियो’, आफूलाई पढाएको त्यो बेलाको स्मरण गर्दै उनले भने, ‘ज्यादै परिश्रमी र कडा मिजासको हुनुहुन्थ्यो । विद्यार्थीलाई प्रेरणा दिनुहुन्थ्यो त्यो बेला गुरुले पढाएका विद्यार्थी अब्बल साबित भएका छन् ।’
शिक्षाविद् जोर्ज जोनले नेपाली र अग्रेजी दुबैमा दख्खल भएकै कारण पृथ्वीनारयण क्याम्पसमा ३ वर्ष प्रध्यापन गरेको सुनाए । समीक्षक सहप्रध्यापक डा. यमनाथ तिमिल्सिनाले असल, सफल, सालिन, भद्र र शिक्षकको पनि अभिभावकको रुपमा देवीरमण शर्मा रहेको उल्लेख गरे ।
साहित्यकार तारा पाखेले पोखरमा शिक्षाको विकासमा देवीरमणको महत्वपूर्ण योगदान रहेको बताए । सुवदी कल्याण प्रतिष्ठान नेपालका कुलाधिपति देविप्रसाद सुवेदीले शिक्षाको उज्यालो छरेको तर्क गरे ।
राजनीतिज्ञ विश्व सिग्देलले गुरुकै विश्वास, सहास र आत्मावलले नै आफू यो स्थानमा उभिन सफल भएको बताए । पूर्व खेलाडी खड्गबहादुर रानाभाटले राष्ट्रियता, शिक्षा, लगनशीलता र स्वावलम्बनको पाठ सिक्ने अवसर मिलेको बताए ।
देवीरमण कुष्णकुमारी स्मृति प्रतिष्ठान कास्कीका सचिव पशुपति सुवेदीले शिक्षा क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरेको बताए । वि.स. १०७३ असार १ गते जन्मिएका देवीरमणको २०३१ फागुन १ गने निधन भएको थियो । उनैका कान्छा छोरा डा अनिल सुवेदीलृ बुवाको सम्झनामा यो स्मृतिग्रन्थ प्रकाशन गरेका हुन् । त्यस अवसरमा देवीरमणको सम्झनामा बनाइएको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
देविरमण कृष्णकुमार स्मृति प्रतिष्ठान कास्की अध्यक्ष डा अनिल सुवेदीको अध्यक्षमा भएको कार्यक्रममा उपाध्यक्ष अखिल सुवेदीले स्वागत र मनिष सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया