‘तीज महिला सशक्तीकरणका लागि हुनुपर्छ’

सञ्जय रानाभाट २०८० भदौ २४ गते ११:४२

पोखरा ।
तीज अचेल पहिलापहिलाजस्तो छैन । तीज नजिकिँदै गर्दा बजारमा दर खाने प्रतिस्पर्धा बढ्दो छ । हिजो तीजलाई चेलीले माइतीलाई मनको बह पोख्ने भन्ने थियो । तर, अहिले यसको स्वरुप पनि फेरिएको छ । विगतमा धार्मिक, परम्परागत र सांस्कृतिक आधारका रूपमा मनाइने तीज अचेल त्यो बुझाइ व्यवहारमा मात्र सीमित छैन । तीज अचेल तारे होटल र पार्टी प्यालेसहरुमा मनाइन थालिइएको छ ।

Advertisement


महिलाहरु आफैं अघि बढ्ने बढ्नुपर्छ भन्ने धारणा बाहिर आएका छन् । तर तीज भड्किलो हुँदै गएको गुनासो बढिरहँदा तीजका राम्रा कुराहरू अंगाल्दै यस्ता विकृतिलाई हटाउनुपर्ने पनि आवाज उठ्न थालेका छन् । आधुनिक तीजको मोडललाई मध्यनजर गरेर ‘साथी’ नामक संस्थाले आयोजना गरेको ‘तीज टक’ कार्यक्रममा कलाकार, डाक्टर, अधिवक्ताले तीजका सकारात्मक पक्षलाई उजागर गर्दै तीजका नामका हुने विकृति हटाउनुपर्नेमा जोड दिए ।


कार्यक्रमका बोल्दै डाक्टर विकास गौचनले अछाम जिल्लामा सेवा गर्दै गर्दा महिलाको अस्तित्व पुरुषले सजिलै नस्वीकार्ने गरेको बताए । उनले महिला पुरुषले दुवैको अस्तित्व स्वीकार्नुपर्नेमा यस्तो नभएको सुनाए । ‘संविधानले सम्मान र स्वतन्त्रतापूर्वक बाँचन पाउने हक, स्वास्थ्यको अधिकार सुनिश्चित गरेको छ । यसमाथि महिलालाई सुरक्षित मातृत्वको अधिकार छ ।

Advertisement

‘नछुने, दाइजो, सुत्केरी, जबरजस्ती विवाह, वादी प्रथा जस्ता कुरीति अझै छन्’

तर, मेरो अनुभावमा यस्तो भएन । मैले अछाम जिल्लामा सेवा गर्दै गर्दा यस्तो पाइनँ,’ उनले भने, ‘महिलाले आफूले चाहेर सजिलै गर्भपतन गर्न पाउनु भएन । गर्भपतन गर्दा पनि कतै न कतै पुरुषसँग अनुमति लिनुपर्ने अवस्था थियो, त्यहाँ स्वतन्त्र थिएन । महिलाको अस्थित नस्वीकारेको जस्तो पनि लाग्यो । यो समाज बनाउन हामी सबै एकजुट हुनुपर्छ भन्ने नै लाग्छ ।’

Advertisement


अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’ले आफू दलित भएकै कारणले आफू बारम्बार समाजबाट अपहेलित भएको बताइन् । उनले आफू पोखरामा कोठा खोज्न पनि थर बदलेर नाम भन्नुपरेको सुनाइन् । यति बेला आफूले कुञ्जनी प्यासी भन्ने गरेको सुनाइन् । आफू सिंगल मदरबाट हुर्कर्दै गर्दा पढ्ने कुरामा पनि बाधा बेहोनुपरेको उनको भनाइ थियो । ‘मैले सिंगल मदरबाट हुर्कंर्दै गर्दा बिएएलएलबी पढ्दा पनि धेरै अपहेलित भएँ । पैसाको पनि अभाव हुने नै भयो । अझ काठमाडौैंको होस्टलमा बसेर पढ्छु भन्दा पनि सिनियर अधिवक्ताले थर नभन है भन्नुभयो,’ उनले भनिन्, ‘अहिले मेरो लफर्म छ । जात र पैसाका कारणले न्याय पाइनँ भनेर कोही फर्कनुपरेको छैन ।’


गायक कलाकार विनोद बानियाँले माइतीको तर्फबाट पुरुषले तीज गीत गाउने कुरा ठिक भएपनि अन्य भने विकृति नै भएको सुनाए । उनले तीजलाई आफूले रातो रङ भएर सम्झने हुँदा यो रङमा सझिँदा छुट्टै अनुभूति हुने बताए । ‘हुन त मैले केही गर्न सकेको छैन । मचाहिँ तीज गीत गाउँदिनँ,’ बानियाँले भने, ‘फेरि मेरो अनुभव फरक छ । म सिंगल मदरबाट हुर्केको हुँ । मैले कहिले पनि थाहा पाइनँ मेरो आमाले रातो सारी लगाएको । साडीमा एउटा सानो बुट्टा रातो देखे पनि आमाले लगाउनु हुन्थेन । यो देखेर भोगर हुर्केँ । तर, यो समाजले सिकाएको त्यस्ता क्रियाकलाप राम्रो लाग्दैन । अत्याचार लाग्छ ।’


कलाकार करिश्मा मानन्धरले महिला सशक्तीकरण २१ औं शताब्दीमा पनि हुन नसकेको बताइन् । सिनेमामा अभिनय गर्दा अरुको डायलग धेरै बोलकाले आफूले आफ्नो डायलग कहिल्यै बोल्न नपाएकोमा दुख लाग्ने गरेको बताइन् । ‘तीजमा भेला हुनु रमाइलो गर्नु र एकतामा बाँधिनु सकारात्मक पाटो भए पनि महिनाबारी हुँदा त्यही भगवान पुज्न जानु पाप लाग्ने भन्ने राम्रो होइन,’ उनले भनिन्,


कार्यक्रमकी सहजकर्ता ‘साथी’की संस्थाकी बन्दना राणाले नेपालमा नछुने, दाइजो, सुत्केरी, जबरजस्ती विवाह, वादी प्रथा जस्ता कुरीति अझै विकृत ढंगले बढिरहेको उल्लेख गरिन् । उनले संस्कार र परम्पराका नाममा महिलामाथि हुने यस्ता परम्परालाई हटाउन परिवर्तित तीजले सघाउने उनको भनाइ छ । उनले गाउँघर र दूरदराजमा मात्र हैन सहरकै महिला पनि नछुने, व्रत र भगवानका मामलामा आफैंभित्र एकप्रकारको डर पालेर बस्ने गरेको सुनाइन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया