दृष्टिविहीन कल्याण संघमा टेकमान

पोखरा ।
नेपाल दृष्टिविहीन कल्याण संघ कास्की अध्यक्षमा पुनः टेकमान प्रधानांग सर्वसम्मत भएका छन् । शनिबार भएको संघको १२ औं शाखा सभा तथा पाँचौं शाखा अधिवेशनबाट बुद्धिसागर घिमिरे, विजया रेग्मी, रामप्रसाद आचार्य, सन्ध्या पौडेल, नवीन भट्टराई, नारायणी कोइराला, गिरिराज गौतम, विन्दु केसी, लोकबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, विन्दिमाया आले र गिरिधारी सुवेदी सदस्य चुनिए ।
संघको उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सचिव र सहसचिव कार्यसमितिबाट चयन गरिनेछ । नवनिर्वाचित अध्यक्ष प्रधानांगले आगामी दिनमा संघलाई अझ प्रभावकारी बनाउने प्रण गरे ।
समाजसेवी भीमप्रसाद श्रेष्ठ संयोजक रहेको टिमले निर्वाचन गराएको हो । सभामा संघका सचिव लोकबहादुर गुरुङले कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष विजया रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २०५२ मा स्थापना भएको संघको शाखामा ५७ सदस्य छन् ।
कार्यक्रममा जिल्ला शाखा कास्की उपसभापति गिरीराज गौतम र सचिव लोकबहादुर गुरुङले पनि बोलेका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया