‘सीप, सिल्पी र फोटोग्राफी’ बजारमा

पोखरा ।
फोटोग्राफर विश्वरत्न शाक्यको ‘सीप, सिल्पी र फोटोग्राफी’ पुस्तक सार्वजनिक गरिएको छ । फोटोग्राफर संघ गण्डकीको पाँचौँ वार्षिकोत्सवका अवसरमा बिहीबार पुस्तक शिक्षासेवी जर्ज जोनले विमोचन गरे । शाक्यको यो ३२ औँ कृति हो ।
कोभिड १९ को विषम परिस्थितिमा घरभित्र मात्र रहनुपर्ने बाध्यताबीच रचना तयार गरेर पोखराको फोटोग्राफी र समग्र आफ्नो फोटोग्राफी जीवनयात्रालाई पुस्तकमा समेटिएको लेखक शाक्यले सुनाए । पुस्तकको बिक्रीबाट आउने ४ लाख बराबरको अक्षयकोष फोटोग्राफर संघ गण्डकीलाई उपलब्ध गराइने उनले जनाए ।
उक्त अवसरमा फोटोग्राफर संघ गण्डकीले नेचर एन्ड ल्यान्डस्केप फोटोग्राफी पुरस्कार तथा मिराज राष्ट्रिय वैवाहिक फोटोग्राफी पुरस्कारसमेत वितरण गरेको थियो । १ सय ८४ औँ विश्व फोटोग्राफी दिवसका अवसरमा घोषित नेचर एन्ड ल्यान्डस्केप फोटो प्रतियोगितामा ५० फोटोग्राफरका १ सय ५० तस्बिर समावेश गरिएका थिए ।
प्रतियोगितामा संलग्न फोटामध्ये रोहित गिरीको फोटो सर्वोकृष्ट भयो । उनले १० हजार पुरस्कार पाए । अन्य ५ उत्कृष्ट छनोटमा परेकालाई जनही २ हजारसहित सम्मान गरियो ।
मिराज राष्ट्रिय वैवाहिक फोटोग्राफी पुरस्कारका लागि प्रतिस्पर्धामा आएका १ सय ५० फोटोग्राफरका १ हजार २ सय फोटोबाट ६ फोटो छनोट गरिएको थियो । प्रतिस्पर्धामा पर्वतका विजय शर्माको फोटो सर्वोत्कृष्ट १५ हजार ५ सय ५५ राशिको पुरस्कार प्रदान गरियो । अन्य ५ उत्कृष्टमा परेकालाई पुरस्कारसहित प्रमाणपत्र र ट्रफीबाट सम्मान गरिएको छ ।
कार्यक्रममा शिक्षाविद् जर्जजोन सरले आफूूले २०१७ सालतिर देखेको पोखरा र त्यसैताका पोखराको फोटोग्राफीलाई नजिकबाट नियालेको बताए । कार्यक्रममा फोटोग्राफर संघ गण्डकी अध्यक्ष दुुर्गाप्रसाद पौडेल, सचिव तुलसीराम सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, फोटोग्राफर संघ गण्डकी उपाध्यक्ष नारायणबहादुर केसी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी लगायतले फोटोग्राफीको महत्वबारे बोलेका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया