पोखेरेलीमाझ महेन्द्रका अनुभव

पोखरा ।
सुर्खेतका कवि महेन्द्रकुमार मल्लले सिर्जना र सिर्जनासँग सम्बन्धित अनुभव सुनाएका छन् । नेपाली लेखक संघ, गण्डकीको आयोजनामा भएको कार्यक्रममा उनले कला कलाका लागि वा कला जीवनका लागि भन्ने कुरा निकै लामो समयदेखि बहसमा रहेको बताउँदै जीवनको प्रतिबिम्ब नउतारेको कला र कला नभएको जीवन दुवैको अर्थ नरहेको जनाए ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिस्ट्रारसमेत रहेका उनले विश्वविद्यालयको खस्कँदो साखबारे चिन्ता जनाए । नेपाली लेखक संघ गण्डकी अध्यक्ष डा. ईश्वरमणि अधिकारीले कर्णालीमा जन्मेर देशको शिक्षा, साहित्य र देशलाई मुटुमा राखेर हिँडेको एक बौद्धिक व्यक्तित्वलाई स्वागत गर्न पाउँदा गर्व महसुस भएको सुनाए । मल्लका लामा कविता बढी रहे पनि लामा कविताका तुलनामा छोटा कविता बढी शक्तिशाली भएको निष्कर्ष अधिकारीको छ ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेतका अध्यक्ष धीरेन अनुपम र महासचिव पहल असीम, दीपक समीप, रीता अधिकारी ‘ऋतु’, प्राञ्जल, श्रीराम अधिकारी ‘गोर्जे’, लक्ष्मण थापा लेखक संघ गण्डकी महासचिव सञ्जीव पौडेलले लगायतले सिर्जना र विचार राखेका थिए ।
तपाईको प्रतिक्रिया