‘रहर’ लिएर आइन् सविना

समाधान संवाददाता २०८० भदौ २४ गते १३:३३

पोखरा ।
गीतकार अमृत परियारको शब्द र गायिका सविना सुनामको स्वर रहेको आधुनिक गीत ‘रहर’को म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ । साहित्यकार सरुभक्तले भिडियोको लोकार्पण गरे ।


समानान्तर साहित्यिक मञ्चद्वारा आयोजिक कार्यक्रममा उनले गीतको शब्द, स्वर र संगीतको संयोजन उत्कृष्ट रहेको बताए । गीतमा संगीत र एरेन्ज विनोद रसाइलीको रहेको छ । म्युजिक भिडियोको सम्पादन र निर्देशनसमेत उनैले गरेका हुन् ।


म्युजिक भिडियोमा अनुप अधिकारी र अञ्जु मगरको अभिनय छ । गीतको छायांकन विद्या परियारले गरेका हुन् । म्युजिक भिडियोमा सुखद् प्रेम कथालाई प्रस्तुत गरिएको छ । हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।


म्युजिक भिडियोको समीक्षा गर्दै चलचित्र निर्देशक कृष्णकुमार गुरुङले गीतकारको शब्दलाई म्युजिक भिडियोले न्याय गरेको बताए । उनले पोखरामा रहेर सिर्जनाकर्ममा लाग्नु चुनातीपूर्ण रहे पनि गुणस्तरको सवालमा राजधानीभन्दा कम नरहेको उल्लेख गरे ।


राष्ट्रिय योजना आयोगमा कार्यरत नेपाल सरकारका सहसचिव प्रदीप परियारले संगीतको राजधानी पोखरामा ‘रहर’ गीतले अर्को ईंटा थपेको भनाइ व्यक्त गरे । जिल्ला न्यायाधिवक्ता गोपाल ढकालले गायिका सुनामले जागिर र संगीत क्षेत्रलाई उत्तिकै सन्तुलनमा अगाडि बढाएको चर्चा गरे । नेपाली लेखक संघ गण्डकी अध्यक्ष ईश्वरमणि अधिकारी, पूर्व जनप्रतिनिधि धनबहादुर नेपाली, गजलकार दीपक समीप, समाजसेवी नरेन्द्र मित्रकोटी, समानान्तर साहित्यिक मञ्च कोषाध्यक्ष सन्तोष परियार लगायतले म्युजिक भिडियोमाथि चर्चा गरे ।

Advertisement


गायिका सविना सुनामले यसपल्ट गीत, संगीत, स्वर र म्युजिक भिडियोमा निकै मिहिनेत गरेको बताइन् । उनी २ दशकदेखि पोखरामा संगीत कर्ममा सक्रिय छिन् । उनले दर्जनौं गीतमा स्वर भरेकी छन् । पोखराका गीतकार अमृत परियार अहिले नर्वेमा छन् ।

तपाईको प्रतिक्रिया