यामाहाको तीज लक्षित माइलेज च्यालेन्ज

समाधान संवाददाता २०८० भदौ २४ गते १३:३८

पोखरा ।
भिएडब्लु इन्टरप्राइजेज प्रालिले शनिबार तीजको शुभकामना आदानप्रदानसहित माइलेज च्यालेन्ज आयोजना गरेको छ । भिएडब्लु यामाहा ब्रान्डको स्कुटर तथा मोटरसाइकलको पोखराका लागि आधिकारिक बिक्रेता हो ।


यामाहा रेजेट–आर १२५ सिसी सेग्मेन्टको माइलेज च्यालेन्ज २३ किमीमा भएको थियो । माइलेज टेस्टमा अञ्जु पौडेल ८४.२५ किमी प्रतिलिटर माइलेजका साथ प्रथम बनिन् । देउमाया तामाङ (८२.९६ किमी प्रति लिटर) र प्रतिमा बराल (८१.८१ किमी प्रति लिटर) क्रमशः दोस्रो र तेस्रो बने । विजेताहरुलाई भिएडब्लु इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर सरोज श्रेष्ठले प्रमाणपत्र तथा ट्रफी प्रदान गरे ।


प्रालिको तर्फबाट रिजनल म्यानेजर राम बोगटी, एरिया सेल्स म्यानेजर सुवास मैनाली तथा एरिया सर्भिस इन्जिनियर हेमशंकर शाहाले सबै सहभागीलाई मायाको चिनो प्रदान गरे । कम्पनीले दाबी गर्दै आएको नेपालभरको स्कुटर सेग्मेम्टमा सबैभन्दा उच्च माइलेज दिने स्कुटर साबित गर्न च्यालेन्ज आयोजना गरिएको हो ।


रेजेट आर १२५ एफआइ हाइब्रिड स्कुटरको मोडलमा स्ट्यान्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस छन् । १ सय ४५ एमएमको ग्राउन्ड क्लियरेन्सका साथ ९९ केजीको हलुका युनिफाइड ब्रेकिङ सिस्टम (युबिएस), साइड स्ट्यान्ड इन्जिन कट–अफ र २१ लिटर अन्डर सिट भण्डार र स्टप एण्न्ड स्टार्ट प्रणाली लगायतका विशेषता यसमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया