हेमजामा बसकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

समाधान संवाददाता २०८० भदौ २४ गते १४:३५

पोखरा ।
पोखरा २५ हेमजामा शनिबार बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । काठमाडौंबाट बागलुङ तर्फ गइरहेको हाइसले ठक्कर दिँदा नौली बिकको मृत्यु भएको हो ।


बा ३ ख ९७२६ नम्बरको हाइसलसापकोटा चोकमा बाटो काट्दै गरेकी बिकलाई ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।


हाइसको ठम्करबाट गम्भिर घाइते भएकी अन्नपूर्ण गाउँपालिका ४ की बिकको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

Advertisement


बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालयले बताएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया