लोकगीत प्रतियोगिता सम्पन्न

पोखरा ।
६१ औं नेपाल रेडक्रस दिवसको सन्दर्भमा नेपाल रेडक्रस सोसाइटी कास्कीले जिल्ला स्तरीय लोकगीत प्रतियोगिता गरेको छ ।
युवा रेडक्रस सर्कल कास्की मोडनाइज्ड एकेडेमीको व्यवस्थापनमा भएको प्रतियोगितामा राष्ट्रिय माध्यमिक विद्यालय प्रथम भएको रेडक्रस कास्कीका जुनियर तथा युवा सर्कलका संयोजक रमेश भण्डारीले जानकारी दिए । कुल ३४ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा शान्तिउदय माध्यमिक विद्यालय द्वितीय, विन्ध्यवासिनी माध्यमिक विद्यालय तृतीय र भानुभक्त माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार पाएका छन् ।
प्रतियोगितामा सिद्धार्थ आवासीय माध्यमिक विद्यालय र उमा माध्यमिक विद्यालय दाङसिङले प्रोत्साहन पुरस्कार जितेका छन् । प्रतियोगिताको निर्णायकमा लोक तथा दोहोरी कलाकारहरु तारानाथ आचार्य, टेक क्षत्री र तुलसी क्षत्री थिए । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव विनोदबहादुर कुँवरले उद्घाटन गरेको प्रतियोगितामा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा, उपसभापति उर्मिला खड्का, मन्त्री सुरेन्द्र गुरुङ, कार्यसमितिका सदस्यहरु खगेन्द्रराज पराजुली, बविता सुवेदी, कास्की मोडनाइज्ड ऐकेडेमीका संस्थापक रामबहादुर मोची लगायतले प्रतियोगिताबारे बोलेका थिए ।
तपाईको प्रतिक्रिया