सेन्ट मेरिज स्कुलमा तीज कार्यक्रम

पोखरा ।
पोखरा १५ मा अवस्थित सेन्ट मेरिज स्कुलमा तीज विशेष कार्यक्रम भएको छ । अभिभावक तथा वडा नम्बर १५ मा रहेका आमा समुहको उपस्थितिमा कार्यक्रम भएको हो ।
विद्यालयका प्रअ जेसी सिजेले नेपाली नारीहरुको महान चाड तीजको उपलक्ष्यमा एक अर्कामा दुख सुख साटासाट गर्ने र नारीहरूको पहिचान झल्काउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै विद्यालयले गुणस्तर शिक्षा प्रदान गर्दै आएको बताइन् ।
वडा नम्बर १५का वडा अध्यक्ष तोरणबहादुर बानियाले तीज नेपाली नारीहरुको पहिचान र संस्कृति बोकेको चाड भएकोले सहि तरिकाले मनाउन आग्रह गरे । तीज लाई भड्कलो र खर्चीलो रूपमा नमनाउन सुझाव दिँदै शुभकामना व्यक्त गरे ।
विद्यालयका शिक्षिका ब्रह्मकुमारी तुलसी अधिकारीले सकारात्मक सोच र जीवन जिउने कलाका बारेमा वृत्तचित्र मार्फत उल्लेख गरेकी थिइन् । विद्यार्थीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडाका वडा सदस्य लगायत विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन आयुषा भण्डारी र एन्जीला केसीले गरेका थिए । तीज विशेष कार्यक्रमको आयोजना एफएम डब्लू, र एनटि एस क्लवले गरेका थिए ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया