राष्ट्र सेवकको सेयर पुँजी ३ करोड ६५ लाख

पोखरा ।
पोखरा ८ मा रहेको राष्ट्र सेवक बचत तथा ऋण सहकारीको आर्थिक वर्ष २०७९/०८० मा सेयर पुँजी ३ करोड ६५ लाख १७ हजार रुपैयाँ कायम भएको छ । गत वर्ष सहकारीको सेयर पंँजी ३ करोड ९१ लाख २७ हजार थियो ।
सहकारीका अध्यक्ष राममणि ढुंगानाले रजत वर्ष शुभारम्भ तथा २४ औ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७९/०८० मा ३० लाख १५ हजार रुपैयाँ बराबरको सेयर पुँजी फिर्ता भएका कारण सहकारीको सेयर पुँजी कम भएको बताए । यस आर्थिक वर्षमा ४ लाख ५ हजार रुपैयाँ सेयर पुँजी थप भएको उल्लेख गरे ।
सहकारीको कर्जा लगानी घटेर ११ करोड ७ लाख १ हजार ९ सय ३८ रुपैयाँ कायम भएको बताए । सहकारीको गत आर्थिक वर्षको कर्जा लगानी ११ करोड १३ लाख ४९ हजार रुपैयाँ थियो । उनले यस आर्थिक वर्षमा ३ करोड ४० लाख ७१ हजार रुपैयाँ ऋण लगानी गरेकोमा ३ करोड ६८ लाख ६५ हजार ७ सय ४१ रुपैयाँ असुली गरेको बताए ।
उनले सहकारीको गत आर्थिक वर्षमा बचत ८ करोड ८८ लाख ७२ हजार ९३ रहेकोमा यस आर्थिक वर्षमा बचत बढेर ९ करोड ३३ लाख २१ हजार ९सय ३८ रुपैयाँ पुगेको जानकारी दिए ।
सहकारीमा ३ सय ९ महिला र ६ सय २५ गरी ९ सय ३६ सेयर सदस्य छन् । अध्यक्ष ढुंगनाले २०८० भरी रजत वर्ष मनाइने जनाए । सहकारीका कोषाध्यक्ष गणेशबहादुर कार्कीले संस्थाको वित्तीय विश्लेषण अनुसार कुल सम्पत्ति तथा दायित्व १४ करोड ४४ लाख १५ हजार १ सय ५० रुपैयाँ भएको जनाए । सहज संस्था सञ्चालनको आर्थिक मेरुदण्डको रुपमा रहेको जगेडा कोष ३ दशमलव ३७ प्रतिशतमात्र रहेको जानकारी दिँदै उनले जगेडा कोष वृद्धिमा ध्यान दिइने उल्लेख गरे ।
नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले निजामति कर्मचारी संगठनको अग्रसरतामा सञ्चालित सहकारी सफलतापूर्वक अगाडि बढेको बताए । उनले सहकारी विद्यमान सहकारीको ऐन, नियम र मापदण्ड अनुसार सञ्चालन भए पनि अन्य सहकारी भन्दा कार्य प्रकृति फरक रहेको उल्लेख गरे ।
एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारीले सहकारीलाई व्यवस्थित परिचालन गर्न संस्थाका सञ्चालक, सेयर सदस्य लगायत सबै जिम्मेवार बन्नु आवश्यक रहेको बताए । सभाले अध्यक्ष राममणि ढुंगानाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको प्रतिवेदन, कोषाध्यक्ष गणेशबहादुर कार्कीले पेश गरेको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक द्रोणराज अधिकारीले प्रस्तुत प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
कार्यक्रममा सहकारीले असल सेयर सदस्यहरु महेन्द्र सुनार र मोहनसिंह थापा, ज्येष्ठ सेयर सदस्यहरु हेमराज पौडेल र लक्ष्मीमाया श्रेष्ठलाई सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठन गण्डकी प्रदेश इन्चार्ज घनश्याम सापकोटा, पूर्व सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाही, निजामति संगठन कास्की अध्यक्ष विष्णुदेवी पोखरेल, सहकारीका उपाध्यक्ष मधु बराल, सचिव माधव पौडेल, शिक्षा समितिका संयोजक सुशीलादेवी पोखरेल लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया