जिफन्टमा तीजको शुभकामना

समाधान संवाददाता २०८० भदौ २४ गते १५:३४

पोखरा ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महिला कमिटी गण्डकीले हरितालिका तीज पर्वको अवसरमा शनिबार तीज विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा जिफन्ट संसदीय तथा स्थानीय तह संयोजन प्रमुख मीना गुरुङले आर्थिक रुपमा सबल र स्वावलम्बी नबनेसम्म महिलाको सबै क्षेत्रमा सक्षम नहुने बताइन् ।


उनले समाजमा विद्यमान लैंगिक असमानतालाई हटाउन आर्थिक सशक्तीकरण मुल पाटो भएको धारणा राखिन् । ‘आर्थिक रुपमा सबल नभएसम्म महिलाको निर्णायक तहमा पहुँच पुग्दैन,’ उनले भनिन्, ‘महिला उद्यमशीलताको विकास तथा उत्पादनमा जोडिएर स्वरोजगार बन्न आवश्यक छ ।’ उनले महिला स्वरोजगार बन्नका लागि समयसापेक्ष रुपमा सीपमूलक आवश्यक हुने औंल्याइन् ।


जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले आर्थिक संकट तथा मंहगीको कारण श्रमिक महिलालाई चाडपर्व मनाउन कठिनाइ भएको बताए । उनले सबै श्रमिक महिलाबीच आत्मियता बढाउन तीज पर्वलाई सामूहिक रुपमा मनाएको सुनाए ।

Advertisement


कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य पम्फा पहारी, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन गण्डकी अध्यक्ष विष्णुबहादुर खत्री क्षत्री, जिफन्ट गण्डकी प्रदेश महिला कमिटी अध्यक्ष संगीता पाण्डे, उपाध्यक्ष दुर्गा केसी, सचिव ममता गौतमले लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया