इलेक्ट्रोनिक्स व्यवसायीलाई करसम्बन्धी तालिम

पोखरा ।
पोखराका इलेक्ट्रोनिक्स व्यवसायी करसम्बन्धी काम आफैं गर्न सक्ने बन्दै गएका छन् । पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघले संस्थाका सदस्यलाई पान तथा भ्याटको अनलाइन डाटा इन्ट्री सिस्टम सिकाउन तालिम दिएको हो ।
संस्थाले सदस्यलाई सित्तैमा करसम्बन्धी तालिम दिइरहेको अध्यक्ष नारायण सुवेदीले बताए । ‘आफ्नो व्यवसायको कर आफैं तिरौं, अरुको भर नपारौं भन्ने नाराका साथ करसम्बन्धी काम आफैं गर्न सक्ने बनाउन तालिम दिइरहेका छौं,’ अध्यक्ष सुवेदीले भने ।
पानमा दर्ता भएका व्यवसायीलाई आफैं कर तिरी कर चुत्ता निकाल्न सक्ने र भ्याटमा रहेकालाई विवरण दर्ता, टिडिएस फाइलिङ जस्ता काम गर्न सक्ने बनाउन तालिम आयोजना गरिएको हो । १०/१० जनाको समूह बनाएर सबै सदस्यलाई तालिम दिने संघको योजना छ ।
पश्चिमाञ्चल तालिम केन्द्रको संयोजनमा तालिम आयोजना भएको हो । अध्यक्ष सुवेदीले करको दायरामा आउन बाँकी इलेक्ट्रोनिक्स व्यवसायीलाई चाँडै दायरमा आउन र संघको समेत सदस्य बन्नसमेत आग्रह गरेका छन् ।
तालिमका सहभागीलाई अध्यक्ष सुवेदी र ब्लु बर्ड बिजनेस कन्सल्टेन्ट विनोद विनोद ढुंगानाले सहजीकरण गरिरहेका छन् । ३० गतेसम्म ६० जनालाई तालिम दिइने संघ महासचिव चिन्तामणि खरेलले बताए ।









जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया