आजदेखि राष्ट्रिय नाथ सम्मेलन

समाधान संवाददाता २०८० भदौ २५ गते १२:५५

लेखनाथ ।
बृहद आध्यात्मिक परिषदको आयोजना तथा श्री गोरक्षनाथपीठको स्थानीय व्यवस्थापनमा पोखरा ३१ पचभैयामा सोमबारदेखि नाथ सम्मेला सुरु हुँदैै छ ।


२७ गतेसम्म चल्ने प्रथम राष्ट्रिय नाथ सम्मेलन मानव जगतको कल्याणका लागि धार्मिक भावना जगाउने उदेश्यले गर्न लागिएको हो । नेपालभरिका विभिन्न मठ, मन्दिर तथा आश्रममा रहेका पिठाधीश तथा धार्मिक गुरुहरुलाई एकै ठाँउमा जम्मा गरी पहिलो पटक सम्मेलन गर्न लागिएको हो ।


शोभायात्रा, उद्घाटन सत्रसहित धार्मिक प्रवचन हुने कार्यक्रम प्रचारप्रसार उप समिति संयोजक राममणि अधिकारीले जानकारी दिएका छन् । सम्मेलनमा डा जगमान गुरुङ, डा कृष्णचन्द्र शर्मा, डा माधव लामिछाने र पुण्य प्रसाद पराजुलीले कार्यपत्र प्रस्तुत गर्ने छन् । सम्मेलन पोखरा घोषणा पत्र जारी गरी सकिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया