श्यामप्रसाद पुरस्कारका लागि छनोट समिति
समाधान संवाददाता
२०८० भदौ २५ गते १३:००
पोखरा ।
शिक्षासेवी श्यामप्रसाद पन्त पुरस्कार प्रदान गर्नका लागि श्यामप्रसाद पन्त गुठीले रवीन्द्र माकाजुको संयोजकत्वमा ३ सदस्यीय प्रतिभा छनोट समिति गठन गरेको छ ।
समितिका सदस्यमा केदारनाथ कायस्थ र सुनील उलक छन् । यो पुरस्कारको राशि नगद २५ हजार र सम्मानपत्र छ । पुरस्कारबाट यसअघि शिक्षासेवी जर्ज जोन, अमृतप्रसाद शेरचन, प्रदीपशंकर पालिखे, टेकबहादुर ढेवाजू परिवार र श्रीराम आचार्य सम्मानित भइसकेका छन् ।
यस वर्ष उक्त पुरस्कार राष्ट्रिय माध्यमिक विद्यालयको हिरक जयन्ती अर्थात् २०८० साल मंसिर २० गते प्रदान गर्ने निर्णय गरिएको छ । २००६ मंसिर २० गते स्थापना भएको राष्ट्रिय माध्यमिक विद्यालयमा श्यामप्रसाद पन्तले २०११ सालबाट २०४४ साल प्रधानायापक भई सेवा गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया