कांग्रेस धादिङ पोखराको सभा

समाधान संवाददाता २०८० भदौ २५ गते १३:०६

पोखरा ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले घर, समाज र राजनीतिलाई महिला स्वयंले सम्हाल्नुपर्ने बताएकी छन् । नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिद्वारा आयोजित नवौं वार्षिक साधारण भेला तथा तीज विशेष कार्यक्रममा थपलियाले परिपक्व परिवर्तन गर्न सबै समस्यालाई पन्छाएर नेपाली कांग्रेसले आन्तरिक राजनीतिक जीवन सञ्चालन गरेको बताइन् ।

Advertisement


समितिका सभापति कमलबहादुर पाण्डेको अध्यक्षतामा भएको सभामा नेतृ थपलियाले समाज परिवर्तनको लागि त्याग गर्ने योजना थालनी गर्नुपर्ने समय आएको उल्लेख गरिन् । बीपी कोइरालालाई स्मरण गर्दै उनको राजनीतिक विचारलाई हिजो जस्तै आज पनि मनन् गर्नुपर्ने बताईन् ।


सम्पर्क समितिले एसइई र प्लस टु उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । एसइई उत्तीर्ण मनिषा श्रेष्ठ, असिम ढकाल, गंगा अर्याल, जमुना अर्याल, सुसन श्रष्ठ र इशा ईटनी, प्लस टु तर्फमा प्रकाश इटनी, निश्चल पाठक, साधना लम्साल, आयुष श्रेष्ठ, करुण दुलाल र अर्जुन श्रेष्ठलाई सम्मान गरिएको सहसचिव शान्ता धरेलले बताइन् ।


समितिका उपसभापति देवकुमारी श्रेष्ठ (सीता) को संयोजकत्वमा गठित उपसमितिले विभिन्न मनोरञ्जनात्मक प्रस्तुति राखेको थियो । दिएको थियो । सभामा सचिव श्याम इटनीले वार्षिक तथा सांगठनिक प्रतिवदेन प्रस्तुत गरेका थिए । लोकदोहोरी गायक प्रदीप अर्याल र गायिका सीता न्यौपानेले गीत सुनाए ।


सभामा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले राजनीति र आर्थिक रुपान्तरणका लागि कांग्रेस र विपी पर्यायवाची भएको बताए । सभापति बरालले उद्यमशीलता नजोडिएसम्म भष्ट्राचार अन्त्य नहुने धारणा राखे । सभामा नेपाली कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देल, नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिका संस्थापक सभापति केदार धमला, निवर्तमान सभापति लालप्रसाद पाठक, वरिष्ठ सल्लाहकार कृष्णकुमार श्रेष्ठ, नेका पोखरा महानगर ६ का सभापति सन्तोष पौडेल, सल्लाहकार मोहन पण्डित, पोखरा महानगर वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुली, पोखरा विश्वविद्याल स्कुल अफ् हेल्थकी विमला भट्ट, धादिङ त्रिपुरा बाराही महिला समूहकी अध्यक्ष बबिता मल्ल इटनी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया