‘बालोदय वाटिका’ विमोचन

समाधान संवाददाता २०८० भदौ २५ गते १३:१८

पोखरा ।
बालोदय माविले प्रकाशन गरेको ‘बालोदय वाटिका’ सार्वजनिक भएको छ । विद्यालयका शैक्षिक तथा सहक्रियाकलाप गतिविधि एवं विद्यार्थीका लेख, रचना यसमा संलग्न छन् ।

Advertisement


शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले पत्रिका सार्वजनिक गरे । उनले विद्यार्थीका प्रतिभालाई उजागर गर्ने बगैँचाको रुपमा पत्रिका प्रकाशन हुनु प्रशंसनीयन भएको जनाए । उनले आगामी दिनमा पनि पाठ्यक्रम एवं शिक्षक निर्देशिका अनुशरण गर्दै प्रविधिमैत्री शिक्षा दिन आग्रह गरे ।


विद्यालयका प्राचार्य टेकनाथ पौडेलले समग्र विद्यालयको गुणात्मक सुधारमा विद्यालय प्रशासन लागिपरेको जनाए । उनले विद्यार्थीको रुचि, क्षमता र आवश्यकता अनुसार उनीहरूको प्रतिभा पहिचान गर्दै अघि बढाइएको उल्लेख गरे । अभिभावकको तर्फबाट खेमप्रसाद अर्यालले पाठ्यपुस्तक शिक्षणका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिनुपर्ने विचार राखे ।

Advertisement


कार्यक्रममा पोखरा महानगरपालिकाका शिक्षा अधिकृत रामप्रसाद तिवारी, विद्यालयका सूचना प्रविधि इन्चार्ज रघु ज्ञवाली, नेपाली विषय विभागीय प्रमुख टंकप्रसाद पौडेल, सहप्राचार्य रामप्रसाद तिवारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया