जय भूमिपुत्र सपिङ सेन्टरको शाखा लेखनाथमा

समाधान संवाददाता २०८० भदौ २६ गते १०:४३

लेखनाथ ।
पोखराको अमरसिंहचोकमा प्रधान कार्यालय रहेको जय भूमिपुत्र बहुउद्देश्यीय प्रालिले सञ्चालनमा ल्याएको जय भूमिपुत्र सपिङ सेन्टरको शाखा लेखनाथको बुढीबजारमा सञ्चालनमा ल्याइएको छ ।

Advertisement


भूपू सैनिक तथा प्रहरीहरुको संयुक्त करिब १ करोड रुपैयाँको लागतमा तयार सपिङ सेन्टरको आइतबार भूपू सैनिक क्लबका अध्यक्ष मेजररामप्रसाद गुरुङले शुभारम्भ गरे ।


कार्यक्रममा बोल्दै मेजर गुरुङले जागिरे जीवनमा संगालेका अनुभवलाई सामाजिक क्षेत्र लगाउँदै भूपूहरुले आम्दानीको केही रकम सामूहिक लगानीको माध्यमबाट आयआर्जनमा जोडिनुपर्ने सुझाव राखेका थिए ।


विस २०६७ सालमा भूपूहरुको संयुक्त लगानीमा आयआर्जन तथा सेवाको भावले सञ्चालनमा आएको जय भूपू सपिङ सेन्टरलाई एकीकृत गरेर फरकशैली र फरक ठाउँबाट सेवा दिने उद्देश्यले मानव जीवनका लागि आवश्यक पर्ने घरयासी सामग्री बिक्री गर्ने उद्देशयका साथ सपिङ सेन्टर सञ्चालनमा ल्याइएको हो ।


संस्थाका अध्यक्ष सुवेदार मेघबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जग्गाधनी सूर्यनारायण बराल, कम्पनीका अध्यक्ष सुनबहादुर गुरुङ, कम्पनी सचिव सिंहबहादुर गुरुङ, सेयर सदस्यहरुबाट नवराज दुरा र क्या. लक्ष्मणबहादुर गुरुङ लगायतले सपिङ सेन्टरले गुणस्तरीय सामग्रीलाई उचित मूल्यमा बिक्रीको व्यवस्था मिलाएको बताएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया