फिस्टेल एकेडेमीलाई बास्केटबल उपाधि
समाधान संवाददाता
२०८० भदौ २६ गते १२:१६

पोखरा ।
कास्की जिल्लाव्यापी विद्यालयस्तरीय पहिलो ५/५ मर्दीखोला छात्रछात्रा बास्केटबल प्रतियोगितामा फिस्टेल एकेडेमीले दोहोरो उपाधि जित्न सफल भएको छ । फिस्टेल एकेडेमीले छात्रछात्रा दुवै प्रतियोगितामा विजेता बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो ।
प्रतियोगितामा छात्रातर्फ गण्डकी बोर्डिङ द्वितीय र बालकल्याण स्कुल तृतीय भए । त्यसैगरी छात्रतर्फ दोस्रो गण्डकी बोर्डिङ र तेस्रो मनकामना बोर्डिङ भए । मालेपाटन बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमले नगद पुरस्कार क्रमश २० हजार, १० हजार र ६ हजारसहित ट्रफी र मेडल प्राप्त गरे । मर्दीखोला बास्केटबल क्लबले आयोजना गरेको सो प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ ११ विद्यालय सहभागी भएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया