नमुना आमा समूह बैदामको सभा

समाधान संवाददाता २०८० भदौ २६ गते १२:२१

पोखरा ।

नमुना आमा समूह पोखरा महानगर पालिका वडा नम्बर ६ बैदामको १४ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । जूना अधिकारीले रचना गरेको ‘बुहारीको वेदना’ नामक म्युजिक भिडियो संस्थाको सम्पन्न साभारण सभामा छायांकन गरिएको थियो । अनुप अधिकारीद्वारा निर्देशन गरिएको भिडियोमा एरेन्जर विनोद रसाइली छन् । गीतमा स्वर अध्यक्ष जूना अधिकारीले दिएकी छन् ।


संस्थाको साधारणको उद्घाटन गर्दै प्रमुख अतिथि एवंम पर्यटन व्यवसायी तथा सल्लहकार नर्मदा कँडेलले वडा न– ६ रहेको १० वटा आमा समू मध्ये नमुना आमा समुह अरु भन्दा पृथक रहेको बताइन् । संस्थाले समाजका विकृति विसंगतिलाई न्यूनीकरण गर्दै जनचेतना फैलाउन सहयोग गरेको उनले सुनाइन् ।

Advertisement


सल्लाहकार गोमा ढकालले बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएकाले वडा नम्बर ६ लाई नेपालकै महत्वपूर्ण वडा बनाउनेतर्फ आमाहरु एक भएर लाग्न आग्रह गरिन् । महिलाहरुले आफुलाई चुलाचौका सीमित राख्न नहुने उनको भनाइ थियो ।
संस्थाका सल्लाहकार लीलाधर अधिकारीले समाजमा नमुना आमा समूहले पुर्‍याएको योगदानको चर्चा गर्दै स्थानीय स्तरमा आमा समूहबिना कुनै पनि कार्यक्रम सम्पन्न नहुने ठोकुवा गरे ।


पत्रकार तथा सल्लाहकार गणेश पहारीले समूहले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिदेखि आर्थिक स्तरमा वृद्धि हुने खालका कार्यक्रम ल्याउन समूहलाई सुझाव दिँदै सञ्चार क्षेत्र सधै समूहको साथमा रहेको बताए ।

Advertisement


अध्यक्ष जूना अधिकारीले समूहले आफ्नो क्षेत्रभित्र फोहोरमैला व्यवस्थापनदेखि कोभिड र डेंगु रोगबारे जनचेतनासहित पर्चा पम्प्लेटसहित घरदैलो गरेको स्मरण गरिन् । सदस्यहरुको क्षमता विकास गर्ने उद्देश्यले तालिम र अभिमुखीकरण कार्यक्रम गरेको जानकारी उनले दिइन् ।


समूहलाई सहयोग गर्ने नर्मदा कँडेल, रेखा लामिछाने र दुर्गा पौडेललाई कार्यक्रममा प्रमाणपत्र सहित दोसल्लाले सम्मान गरिएको थियो । अध्यक्ष जूना अधिकारीको सभा अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सकुन्तला अधिकारीले स्वागत मन्तव्य राखिन् । निर्वमान अध्यक्ष अम्बिका अधिकारी, सदस्य पवित्रा कँडेल र सुजता लामिछाने लगायतले कार्यक्रममा आआफ्ना भनाइ राखेका थिए ।


कार्यक्रममा सचिव अम्बिका पहारीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष हीरा तिमिल्सिनाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको थियो ।

तपाईको प्रतिक्रिया