ग्रिन टायरका नयाँ उत्पादन

समाधान संवाददाता २०८० भदौ २७ गते ११:३७

काठमाडौं ।
नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने ९.००–२० र १०.००–२० साइजका शेर्पा सारथि टिटी टायरको बिक्री–वितरण प्रारम्भ गरेको छ ।

Advertisement


नाडा अटो शो २०२३ को शुभारम्भको अवसरमा अर्थमन्त्री डा. प्रकाश शरण महतले औपचारिक रुपमा सो टायर सार्वजनिक गरे । विशेष गरी ट्रली तथा ट्रयाक्टर ट्रलीमा प्रयोग हुने ९.००–२० र १०.००–२० का टायरहरु मोटो गोटी तथा लाइन गोटीमा १८ प्लाई रेटिङमा उपलब्ध छन् ।


उच्च गुणस्तरीय हेभी ड्युटी ती टायरमा कट रेसिस्टेन्स क्षमता भएकाले नेपाली माटो तथा बाटोका लागि उपयुक्त भएको कम्पनीका निर्देशक विकास सिंघानियाले जानकारी दिए । यी टायर तुलनात्मक रुपमा सस्तो, सुलभ र गुणस्तरीय भएकाले बजार मागको ठूलो हिस्सा ओगट्ने विश्वास सिंघानियाले व्यक्त गरे ।


करिब ५ वर्ष पहिले स्थापित निजी क्षेत्रको पहिलो टायर उद्योग ग्रिन टायर प्रालिले मोटरसाइकल, स्कुटर, अटो, टेम्पु तथा ट्रयाक्टरका टायरहरु यस अघि नै बजारमा बिक्री–वितरण गर्दै आइरहेको छ । कम्पनीले वार्षिक १ लाख थान टायर उत्पादन गर्दै आएको छ । उद्योगमा १०० जना कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया