विश्वकर्मा समाज महिला समितिको दर
पोखरा ।
विश्वकर्मा समाज महिला समिति पर्वत, स्याङ्जा, कास्कीको आयोजनामा हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । त्यस अवसरमा दर खुवाउने र उत्कृष्ट महिलाहरुलाई सम्मानसमेत गरिएको थियो ।
गण्डकी प्रदेशकी सांसद दिलमाया विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. मनु विश्वकर्मा, मिस सुनार विश्वकर्मा सिजन २ का विजेता दीपिका सेन्चुरीलाई सम्मान गरिएको थियो ।
सांसद दिलमाया विश्वकर्माले समाज र यसका सदस्यहरुले गरेको कामहरु असाध्यै सह्रनीय भएको बताइन् । ‘विश्वकर्माहरुको संघर्षको कुरा गर्दा बागलुङका भगत सर्वजितले सघर्ष सुरु २००६ सालमा नै सुरु गर्नुभएको हो र मानव मर्यादाका लागि उहाँले गरेको संघर्ष अतुलनीय छ,’ उनले भने ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं सल्लाहकार श्रवणकुमार विश्वकर्माले समाजमा रहेका विकृति विसंगति हटाउने समाजले नै भएको बताए ।
प्राध्यापक कृष्ण विश्वकर्माले हरेक कुराको अन्धकार मेटाउने शिक्षा नै भएको र अधिकार दिलाउने संघर्ष नै भएको बताए । स्याङ्जाली सम्प्र्क समाजका अध्यक्ष तारा गौतमले समाजका गतिविधिहरु राम्रा रहेका र आगामी दिनमा सबैलाई संगठित गरी सशक्त बन्न आग्रह गरे ।
उक्त अवसरमा समाजसेवी तिलक गौतम, पोखरा महानगर कार्यपालिका सदस्य निर्मल दियाली, वडा नम्बर १४ का महिला सदस्य तनुजा थापा सिके, १० का सदस्य सुनिमाया नेपाली, ८ का सदस्य लक्ष्मी सुनार लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा समाज मूल समितिका अध्यक्ष चन्द्रकिशोर गौतमले विश्वकर्मा समाज स्थापनाको उद्देश्यमाथि प्रकाश पारे । ‘विश्वकर्मा समुदायका लागि क्रियाशील र सशक्त रुपमा आवाज बुलन्द गर्ने समाजको आवश्यकता देखिएको हुँदा पहिलो चरणमा पर्वत, स्याङ्जा र कास्की जिल्लालाई समेटेर समाज निर्माण गरेका हौं,’ उनले भने ।
अबका दिनमा महिला, युवा, विद्यार्थी, प्राध्यापक, शिक्षक, उद्योगी, व्यवसायी, भूपू कर्मचारी सबैलाई यस समाजमा जुटाएर संगठत भई नीति नियम बनाई राज्यका हरेक तहमा दवावमूलक कार्यक्रम गर्ने र हक अधिकार सुनिश्चित गर्न दवाव दिने उनले बताए ।
वर्तमानमा समाजले बिरामी सहायता नीति बनाई यस समुदायका सदस्यहरु बिरामी हुँदा समाजको तर्फबाट ५ हजारदेखि २५ हजारसम्म सहयोग गर्ने, कुनै सदस्यको घरमा मृत्यु कार्य पर्दा १० हजार सहयोग प्रदान गर्ने योजना रहेको, घातक रोगीहरुलाई उपचार गर्न सरकार र तिनै तहका सरकार समक्ष स्वास्थ्य सहायताको लागि पहल गरिने र यो समाजलाई समतामूलक बनाइने बताए । महिला समिति अध्यक्ष भीममाया गौतमको अध्यक्षतामा भएको कार्यक्रको सञ्चालन सचिव गीता सुनारले गनुृभएको थियो भने स्वागत उपाध्यक्ष लक्ष्मी सुनारले गरेकी थिइन् ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया