इन्टर कलेज ब्यान्ड कम्पिटिसनको फर्म असोज ३ सम्म भर्न सकिने

समाधान संवाददाता २०८० भदौ २७ गते १२:४३

पोखरा ।
पोखरामा असोज दोसो साता हुने इन्टर कलेज ब्यान्ड कम्पिटिसनको फर्म असोज ३ गतेसम्म भर्न सकिने भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा असोज १२ र १३ गते हुने सो प्रतियोगिताको फर्म यसअघि भदौ २५ गतेसम्ममात्र भर्न सकिने गरी समयसीमा तोकिएको थियो ।

Advertisement


सामुदायिक तथा संस्थागत विद्यालयहरुको साझा संस्था प्याव्सन, एन प्याब्सन, हिसान र युनिप्सका अध्यक्षहरुसँग गरिएको परामर्शपछि आयोजक कलाकार संघले यसअघि तोकिएको फर्म भर्ने अन्तिम मिति भदौ २५ गतेबाट सारेर असोज ३ गतेसम्म पु¥याएको हो ।


विद्यार्थीको हितलाई मध्यनजर गरेर फर्म भर्ने मिति सारिएको कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ)ले बताए । ‘सहभागी हुन चाहनेका लागि फर्म भर्न सुरु भइसकेको छ । आजदेखि असोज ३ गते अपराह्न ५ बजेसम्म जुनसुकै बेला आएर भर्न सक्नुहुनेछ,’ उनले भने ।

Advertisement


फर्म भर्न दुई हजार शुल्क लाग्ने संघका अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार फारम पेपे पिज्जा रेस्टुरेट (भाटभटेनीको माथिल्ला तला) न्युरोड, जोजलपा नेवारी किचन तेर्सापट्टी, देउराली साउन्ड एन्ड म्युजिक रामबजार, एसके साउन्ड महेन्द्रपुल, पोखरा म्युजिक हाउस र गिटार नेसन न्युरोडमा पाइन्छ ।


प्रतियोगिता असोज १२ र १३ गते पोखरा प्रदर्शनी केन्द्र परिसरमा रहेको डोममा आयोजना हुँदैछ । प्रतियोगितामा देशभरका कलेजमा रहेका सांगीतिक ब्यान्डहरुले प्रतिस्पर्धा गर्न पाउने संघले जनाएको छ । प्रतिस्पर्धामा कक्षा ८ देखिमाथि स्नातकोत्तरसम्म अध्ययनरत विद्यार्थीहरुको ब्यान्ड सहभागी हुन पाउने संघका अध्यक्ष गुरुङले स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया