यु–२३ एमेच्युर फुटसल कप हुने

समाधान संवाददाता २०८० भदौ २७ गते १५:३७

पोखरा ।
पोखरामा असोजको तेस्रो साता पहिलो संस्करणको सिक्स ए साइड यु–२३ एमेच्युर फुटसल प्रतियोगिता हुने भएको छ । प्रतिभावान र उदीयमान खेलाडीलाई लक्ष्य गरी असोज २३ र २४ गते पोखरामा राजकुमार श्रेष्ठ (रेफ्री) को नेतृत्वमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

Advertisement


उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले सिल्ड, ट्रफी तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्नेछ । उपविजेता समूहले सिल्ड, ट्रफी तथा प्रमाणपत्रसहित नगद २५ हजार रुपैयाँ हात पार्नेछ । प्रतियोगिताबाट सर्बाेत्कृष्ट हुने खेलाडीलाई ट्रफीसहित २ हजार र उत्कृष्ट गोलरक्षकलाई ट्रफीसहित १५ सय रुपैयाँले पुरस्कृत गरिने छ ।


श्रेष्ठले नयाँ तथा प्रतिभावान खेलाडीलाई उत्पादनमा सघाउ पुर्‍याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार हस्पिटलचोकस्थित पैयुम फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउन दर्ता शुल्क ४ हजार निर्धारण गरिएको छ । सो प्रतियोगितामा ए, बि, सी डिभिजन फुटबल र फुटसल लिग खेलेका यु–२३ खेलाडीहरु पनि सहभागिता जनाउन पाउने छैनन् ।

तपाईको प्रतिक्रिया