वडा सदस्य ढुंगानालाई पितृशोक

समाधान संवाददाता २०८० भदौ २७ गते १६:१६

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २६ का वडा सदस्य सुदीपराज ढुंगानालाई पितृशोक परेको छ । उनका पिता कृष्णप्रसाद ढुंगानाको ८१ वर्षको उमेरमा मंगलबार पोखरा २६ जल्धारेस्थित आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय ढुंगाना लामो समयदेखि निमोनिया रोगबाट ग्रसित थिए । लामो समयसम्म शिक्षण पेशा तथा सामाजिक कार्यमा सक्रिय थिए । स्वर्गीय ढुंगानाका श्रीमती, २ छोरा र ३ छोरी छन् । उनको बुधबार रामघाट अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया