परमिट बिना उपल्लो मुस्ताङ गएका ३ विदेशी नागरिक पक्राउ

जोमसोम— बिना परमिट उपल्लो मुस्ताङ गएका ३ विदेशी नागरिक मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक भारतीय र दुई चाईनिज नागरिक रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपलिका स्थित छोसेर सशस्त्र प्रहरीको बिओपी क्याम्प नजिकै अन्दाजी करिव ४० वर्षीय भारतीय नागरिक फुर्वा लामासहित २ जना चाईनिज नागरिक पक्राउ परेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित एक पुरुष र एक महिला चाईनजि नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्ने दुई चाईनिज नागरिकको उमेर ३०÷३५ वर्ष उमेर समुहका छन् ।
बिना परमिट उपल्लो मुस्ताङ प्रस्थान गरेका ३ विदेशीलाई सुरक्षाकर्मीले चेकजाँच गर्दा परमिट नभएको पाईएको हो ।
उनीहरुले सुरक्षाकर्मीले पक्राउ गरी जिल्लामा बुझाईएको थियो । जिल्ला प्रशासन कार्यालय मुस्ताङले पक्राउ परेका विदेशी नागरिकहरुलाई सुरक्षाकर्मीको रोहबरमा अध्यागमन विभाग काठमान्डौंमा पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।
नेपाल सरकारले उपल्लो मुस्ताङलाई सुरक्षा संवेदनशीलताका कारण नियन्त्रित तथा निषेधित क्षेत्र घोषणा गरेको छ । यसैले उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले अध्यागमन विभागबाट १० दिनका लागि ५ सय डलर शुल्क तिरेर प्रवेश अनुमती लिने व्यवस्था छ । उपल्लो मुस्ताङ जाने विदेशीले १० कटेर थप दिन बसेमा दैनिक ५० डलर अतिरिक्त शूल्क लिने व्यवस्था छ ।पक्राउ परेका उनीहरुले छोसेर प्रहरीले पक्राउ गरी जिल्लामा बुझाएको थियो ।
मुस्ताङमा विदेशी पर्यटकको परमिट चेकजाँच गर्न मुस्ताङको घाँसा ,जोमसोम,कागबेनी,छुसाङ र लोमान्थाङमा एक्यापको पर्यटक चेक पोस्ट छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया