बहराइनमा नेपाली जनसम्पर्क समितिको वार्षिकोत्सवमा विश्वप्रकाश जाने
समाधान संवाददाता
२०८० असोज १ गते १३:५६

पोखरा ।
नेपाली जनसम्पर्क समिति बहराइको ११ औं वार्षिकोत्सव तथा स्मारिक २०२३ बिमोचन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा बराइन जाने भएका छन् ।
आगमी असोज १२ गते शुक्रबारका दिन बहराइनको रोमिरोज होटल जुफैरमा दिउँसो १ बजेट हुने वार्षिकोत्वस तथा स्मारिका बिमोचन गर्न महामन्त्री शर्मा जान लागेको कांग्रेस स्रोतले जनाएको छ ।
कार्यक्रमका आयोजक नेपाली जनसम्पर्क समिति गण्डकीका संयोजक सन्तोष अधिकारीले शर्मा बहराइन आउन लागेको पुष्टि गरे । जनसम्पर्क समितिका प्रचार प्रसार संयोजक समेत रहेका सन्तोष अधिकारीले कार्यक्रममा महामन्त्री शर्मा र सह महामन्त्री भीष्म राज आङ्देम्बे बहराइन पुग्नेछन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया