पोखरामा जिल्ला स्तरीय स्क्रयाबल प्रतियोगिताः सिमरामा हुने आगमी प्रतियाेगितामा १२ जना प्रतिनिधि चुनिए

समाधान संवाददाता २०८० असोज १ गते १४:११

पोखरा ।

Advertisement

पोखरा महानगरपालिका फुलबारी स्थित सैनिक आवासिय महाविद्यालयमा जिल्ला स्तरीय स्क्रायबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा २१ वटा विद्यालयबाट ४० जना विद्यार्थीहरुको सहभागीता रहको उक्त प्रतियोगिताबाट नोभेम्बर महिनामा सिमरामा हुने राष्ट्रिय स्क्रायबल प्रतियोगितामा सहागीताका लागि १२ जना विद्यागर्थीहरु छनौट भएका छन् ।

छनौट हुने हार्वड विद्यालयबाट दिपेन्द्र गुरुङ र सिरियन अधिकारी, बेसलाइन स्कुलबाट प्रेम मगर र साजन पौडेल, एसओएस गण्डकीबाट स्मारिका न्यौपाने र सिम्रन अधिकारी चयन भए । यस्तै प्रतियोगितामा जुनियर सिटिजन्स एकेडेमीबाट युनिका कार्की र एलिना थापा, डिस्नील्याण्ड एकेडेमीबाट गौरब गिरी, सैनियक आवासिय महाविद्यालयबाट दिपसन पाण्डे, अंमर सिंह माध्यमिक विद्यालयबाट इसा मल्ल राष्ट्रिय स्क्रायबल प्रतियोगिताका लागि चयन भएका छन् ।
पोखरा पब्लिक पुस्तकालय स्क्रायबल क्लब पोखरा र अमेरिकन कर्नरको सहकार्यमा सम्पन्न भएको उक्त प्रतियोगितामा सैनिक आवासिय महाविद्यालयका प्रध्यानध्यापक राजेन्द्रकुमार लाखेस स्क्रयाबल क्लबका सभापति केशव पाराजुली तथा कास्की संयोजक केशव भट्टराईले छनौट भएका विद्यार्थीहरुलाई बधाई दिँदै संयुक्त रूपमा ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।
तीन वर्ष सम्म लगातार स्क्रायबल च्याम्पियन बनेका गैंडाकोटका अर्नब पाण्डेको समेत उपस्थिती रहको सो कार्यक्रममा स्क्रयाबल खेल गीतका शब्द सर्जक केशव पराजुली र संगीत संयोजक विनोद बानियाँलाई सम्मान गरिएको एसओस हर्मन माइनर स्कुल गण्डकीका स्क्रायबल क्लबका संयोजक एवम् शिक्षक शर्मिला पौडेलले जानकारी दिइन् ।

Advertisement

बालदिवसमा अवसरमा चित्रकला प्रतियोगिता


५९ औं राष्ट्रिय बाल दिवसका अवसरमा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ भदौ २९ गते पोखरामा बाददिवस मनाइएको छ । सोही दिन सोही विद्यालयमा ५९ औं राष्ट्रिय बालदिवसको अवसरमा मावि स्तरीय चित्रकला प्रतियोगिता गरिएको थियो सम्पन्न भएको थियो । जसमा कुमुदिनी होम्स प्रथम, सैनिक आवासीय महाविद्यालय पोखरा द्वितीय, हिलपोइन्ट स्कुल तृतीय, बेसलाइन एकेडेमी र बालकल्याण स्कुल सान्त्वना भएका थिए । प्रतियोगितमा प्रथम , द्धितीय र तृतीयभएका विद्यार्थीहरुलाई कलाकार रमेश श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया