छ्याडु प्रशिक्षण सुरु

पोखरा ।
तमु साँस्कृतिक प्रतिष्ठानले आयोजना गरेको १ महिने छ्यँला तथा त्हौंदु वाद्यवादन प्रशिक्षण सुरु भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा आयोजित प्रशिक्षण प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का ‘बिखर्ची’ले सुरुआत गरे ।
कुलपति बिखर्चीले गण्डकी क्षेत्रमा गुरुङ जातिको बाहुल्यता रहेको र यस समुदायको संस्कृतिको प्रवद्र्धन पनि यसै क्षेत्रबाट गर्नुपर्ने जनाए । । संस्थाका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कञ्चन गुरुङ, तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ, कार्यक्रमका संयोजक श्रीजङ तमु लगायतले बोलेका थिए ।
गुरुङ जातिको मृत्यु संस्कारमा नाचिने छ्याडु नृत्यमा बजाइने यो लोपोन्मुख बाजाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनसहित पुस्ता हस्तातरण गर्न प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । ३० प्रशिक्षार्थीलाई पच्यु चिवा भीमबहादुर गुरुङ, कुलप्रसाद गुरुङ र दानबहादुर गुरुङले प्रशिक्षण दिने छन् ।








फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया