एनसेलमा हरेक दिन उपहार

समाधान संवाददाता २०८० असोज २ गते १२:३६

काठमाडौं ।

Advertisement

एनसेलले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा एनसेलका प्रत्येक ग्राहकलाई अब लगातार २८ दिनसम्म हरेक दिन स्योर प्राइज गिफ्ट दिने भएको छ । ग्राहकहरूले साप्ताहिक रूपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कारको रूपमा स्कुटर पनि प्राप्त गर्नेछन् ।


एनसेल आजियाटा लिमिटेडले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत यो आकर्षक योजना ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ ल्याएको घोषणा गरेको हो । यसमा सहभागी हुने प्रत्येक ग्राहकले उपहार पाउँछन् । आइतवारदेखि नै ग्राहकहरूले एनसेलका सेवा, सुविधाहरु स्योर प्राइजका रुपमा उपहारहरू निःशुल्क प्राप्त गर्न थालिसकेका छन् ।


दैनिक उपहार, साप्ताहिक र बम्पर पुरस्कारहरु पाउन योग्य हुन ग्राहकहरूले सजिलै एष्ट्रिक्स१७११७ह्यास डायल गर्न सक्छन् । यो कोड डायल गरेपछि ग्राहकले बिना कुनै शुल्क एनसेलका सेवा, सुविधाहरू स्योर प्राइज स्वरुप प्राप्त गर्छन् ।


ग्राहकहरूलाई प्रदान गरिने उपहारहरूमा निःशुल्क डिजिटल सेवा सदस्यता, एनसेल नेटवर्कमा फोन, एसएमएसका साथै डेटा चलाउन मिल्ने ब्यालेन्स, डेटा, एनसेल अन नेट टक टाइम र एसएमएस रहेका छन् । स्योर प्राइज उपहार स्वरुप प्राप्त हुने सेवा, सुविधाहरु २४ घण्टाका लागि मान्य रहन्छ ।

Advertisement


२८ दिनसम्म सञ्चालनमा रहने यस योजना अवधिमा १ हजार जना ग्राहकले हरेक हप्ता सरप्राइज स्वरुप रु १०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । योजनाको अन्त्यमा, सात जना भाग्यशाली ग्राहकहरूले बम्पर पुरस्कारको रूपमा एक–एक वटा स्कुटर जित्नेछन् ।


साप्ताहिक र बम्पर पुरस्कारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले हप्तामा कम्तीमा एक पटक एष्ट्रिक्स१७११७ह्यास डायल गरेको हुनुपर्दछ र योजना अवधिमा केही न केही एनसेलका सेवाहरू प्रयोग गरेको हुनुपर्नेछ ।

तपाईको प्रतिक्रिया