पाेखराका ५० भन्दा बढी विद्यालयका शिक्षक, विद्यार्थीले हेरे ‘सरी मम’

पोखरा ।
जनचेतनामुलक फिल्म ‘सरी मम’ ले पाेखराका शैक्षिक संस्थामा गएर प्रर्दशन गरेकाे छ । पोखराका ५० भन्दा बढी विद्यालयका ७ हजार शिक्षक विद्यार्थीहरुले फिल्म हेरेका छन् ।
स्कुल नजिकका सिनेमा हल, पार्टि प्यालेस तथा विद्यालयमा रहेको हलमा फिल्म प्रर्दशन गरिएकाे थियाे । लेखनाथकाे सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयका १५० जना विद्यार्थीहरुलाई निशुल्क फिल्म देखाइएकाे फिल्मका निर्माता विनाेद लामाले बताए ।
युवालाई लागूऔषध दुव्र्यसनबाट हुने बेफाइदाका बारेमा जानकारी दिएर दुव्र्यसनमा फस्नबाट राेक्न फिल्मले सहयाेग पुर्याउने लामाकाे भनाइ छ ।
‘अहिले धेरै युवा युवतीहरु लागूऔषध दुव्र्यसनमा फसिरहेका छन् । उनिहरुलाई यस चलचित्रको माध्यमबाट जनचेतना फैलाई समाजमा असल नागरिक भई बाच्न र सुन्दर भविष्य निर्माण गर्नको फिल्मले टेवा पुग्ने कुरामा विश्वस्त छु ।’ लामाले भने ।
समाज र युवाहरुलाई सकरात्मक सन्देश दिएको र लागूऔषध दुव्र्यसनमा लागेका युवा युवतीहरुलाई त्यसबाट बच्न र आफ्नो सुन्दर भविष्य निर्माण गरि एक असल नागरिक भई बाच्ने प्रेरणा फिल्म दिएको शिक्षाकहरुकाे भनाइ थियाे । फिल्म अभिभावकले पनि हेर्नु पर्ने उनीहरुले बताए । फिल्म प्रदर्शनमा युनाईटेड क्लव पोखरा , हिसान , प्याब्सान, एन प्याब्सन , पोखरा महानगरपालिका शिक्षा महाशाखा लगायतकाे सहयोग थियाे ।
लागूऔषध विरुद्ध जनचेतना दिने उद्देश्यले निर्माण गरिएकाे फिल्ममा निर्देशन नवीन बोगटी रहेकाे छ भने सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, आरबी कटुवाल, बसन्त राज कुँवर , बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर आदिको अभिनय रहेको छ ।
तपाईको प्रतिक्रिया