पोखरा आदर्श माविमा खुला तीजगीत प्रतियोगिता

पोखरा ।
पोखरा आदर्श माध्यमिक स्कुलमा हरितालिका तीजको पावन अवसरमा खुला तीज गीत प्रतियोगिता कार्यक्रम आइतबार सम्पन्न भयो । उक्त प्रतियोगितात्मक कार्यक्रममा आविष्का आचार्यको समूह प्रथम, संस्कृति सुवेदीको समूह द्वितीय, विवेक सुनारको समूह तृतीय भए । रोमी गिरीको समूहले सान्त्वना पायो ।
प्रतियोगिताको निर्णायकमण्डलतर्फ निर्णायक संयोजक ज्ञानेश्वर सुवेदी र निर्णायक सदस्यद्वय राधा कार्की र सावित्री कार्की थिए । प्रतियोगितामा विद्यार्थीहरुले मौलिक नेपाली वेषभुषामा संस्कृति झल्काउने गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि तथा प्राध्यापक शिव त्रिपाठीले मन्तव्यसहित तीज गीत प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा विजेता हुने विद्यार्थीहरुलाई विद्यालयका प्रशासक गोविन्द पौडेल, शैक्षिक प्रमुख सेतुप्रसाद भट्टराईले बधाई ज्ञापन गरेका थिए । विद्यालयका प्रधानाध्यापक फणीन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा सप्पन्न कार्यक्रम सञ्चालन अतिरिक्त कार्यकलाप प्रमुख तिलक बरालले गरेका थिए ।








बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया