ऋषिकान्तलाई यातायात व्यावसायिक पुरस्कार दिइने
समाधान संवाददाता
२०८० असोज २ गते १४:०२
पोखरा ।
यातायात व्यावसायिक पत्रकारिता पुरस्कार २०८० पत्रकार ऋषिकान्त पौडेललाई प्रदान गरिने भएको छ । पोखरा यातायात प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कारबाट कान्तिपुर टेलिभिजनमा आवद्ध पौडेल सम्मानित हुन लागेका हुन् ।
पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । पुरस्कार संस्थाको साधारणसभाको अवसर पारेर पुरस्कार प्रदान गरिने प्रालिका प्रबन्ध निर्देशक अमृत तिमिल्सिनाले जानकारी दिए । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्षसमेत रहेका पत्रकार पौडेल डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया