रोटरी क्लबले दियाे तरकारीको बिउ

समाधान संवाददाता २०८० असोज २ गते १४:०४

लेखनाथ ।
रोटरी क्लब अफ लेखनाथले समुदायमा आधारित कार्यक्रम अन्तर्गत पोखरा २६ का किसानलाई हिउँदे तरकारीको बिउ वितरण गरेको छ । क्लबले यस वर्ष वडाका विभिन्न समूहमा जाने गरी वडाको कृषि सञ्जाललाई बिउ प्रदान गरेको हो ।

Advertisement


वडाध्यक्ष नरेन्द्र थापाले कृषि सञ्जालका अध्यक्ष केशवराज ढुंगानालाई बिउ हस्तान्तरण गरे । उनले क्लबले अगाडि सारेको योजनालाई सफल बनाउन वडाको तर्फबाट सक्दो सहयोग गर्ने वाचा गरे ।


रोटरी लेखनाथका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सचिव माधवप्रसाद बराल र कार्यक्रम संयोजक दीपेन्द्र भण्डारीेले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया