स्क्रयाबलमा १२ प्रतिनिधि छानिए

समाधान संवाददाता २०८० असोज २ गते १४:०६

पोखरा ।
सैनिक आवासीय महाविद्यालयमा जिल्ला स्तरीय स्क्रायबल प्रतियोगिता भएको छ । प्रतियोगितामा २१ विद्यालयबाट ४० विद्यार्थीको सहभागिता थियो । यो प्रतियोगिताबाट नोभेम्बर महिनामा सिमरामा हुने राष्ट्रिय स्क्रायबलका लागि १२ विद्यार्थी छनोट भएका छन् ।

Advertisement


हार्वड विद्यालयबाट दीपेन्द्र गुरुङ र सिरियन अधिकारी, बेसलाइन स्कुलबाट प्रेम मगर र साजन पौडेल, एसओएस गण्डकीबाट स्मारिका न्यौपाने र सिम्रन अधिकारी छानिएका छन् । प्रतियोगितामा जुनियर सिटिजन्स एकेडेमीबाट युनिका कार्की र एलिना थापा, डिज्निल्यान्ड एकेडेमीबाट गौरव गिरी, सैनिक आवासीयबाट दिपसन पाण्डे, अमरसिंहबाट इसा मल्ल राष्ट्रिय स्क्रायबलमा छानिएका छन् ।


पोखरा पब्लिक पुस्तकालय स्क्रायबल क्लब पोखरा र अमेरिकन कर्नरको सहकार्यमा भएको प्रतियोगितामा सैनिक आवासीयका प्रधानाध्यापक राजेन्द्रकुमार लाखे, स्क्रयाबल क्लब सभापति केशव पराजुली तथा कास्की संयोजक केशव भट्टराईले छनोट भएका विद्यार्थीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे ।


३ वर्षसम्म लगातार स्क्रायबल च्याम्पियन बनेका गैंडाकोटका अर्नब पाण्डेको समेत उपस्थिति रहको सो कार्यक्रममा स्क्रयाबल खेल गीतका शब्द सर्जक केशव पराजुली र संगीत संयोजक विनोद बानियाँलाई सम्मान गरिएको एसओस हर्मन माइनर स्कुल गण्डकीका स्क्रायबल क्लबका संयोजक शर्मिला पौडेलले जानकारी दिइन् ।

बाल दिवसमा चित्रकला
५९ औं राष्ट्रिय बाल दिवस पोखरामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा भएको मावि स्तरीय चित्रकला प्रतियोगितामा कुमुदिनी होम्स प्रथम, सैनिक आवासीय द्वितीय, हिलपोइन्ट स्कुल तृतीय, बेसलाइन एकेडेमी र बाल कल्याण स्कुल सान्त्वना बने । प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई कलाकार रमेश श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया