बाल दिवसमा विविध कार्यक्रम

पोखरा ।
कास्कीको रुपा गाउँपालिकाका सामुदायिक विद्यालयमा बिविध कार्यक्रम गरी ५९ औं राष्ट्रिय बाल दिवस मनाइएको छ । रुपाका ११ सामुदायिक विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलाप गरिएको असल छिमेकी सहयोग संघ (गोनेसा)नेपालका आय आर्जन अधिकृत अमृत अधिकारीले जानकारी दिए ।
रुपा गाउँपालिकासँगको सहकार्यमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तर्गत गठन गरिएका बाल क्लबहरुले बाल विवाहको अन्त्य, बाल श्रम बिरुद्धको सचेतनामूलक कार्यक्रम गरी बाल दिवस मनाएका हुन् ।
देउरालीको विश्व शान्ति मावि र रुपाकोटको पृथ्वीरुपा माविमा अपांगमैत्री शिक्षा र बाल विवाह अन्त्यसम्बन्धी सचेतनामूलक नाटक प्रर्दशन गरिएको छ । रुपाकोटको चन्द्रप्रभा माविमा निबन्ध लेखन प्रतियोगिता गरिएको आय आर्जन अधिकृत अधिकारीले बताए । कालिका मावि, महेन्द्र आधारभूत विद्यालय, रुपाज्योति मावि, देउराली आधारभूत विद्यालय र जनता मावि पोल्याङमा सन्देशमुलक बाल गीत प्रतियोगिता गरिएको छ ।
बाल दिवसको सन्दर्भमा जटेश्वर मावि, ईन्द्रायणी आधारभूत विद्यालयमा बाल अधिकार सम्बन्धी वक्तृत्वकला प्रतियोगिता र अरुणोदय आधारभूत विद्यालयमा कविता प्रतियोगिता भएको छ । बाल विवाह तथा बाल श्रमको अन्त्य, बाल अधिकार, बाल विकास र गुणस्तरीय शिक्षालाई केन्द्रीत गरी भएको सबै प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।









क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया